काठमाडौं । काठमाडौँँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको छ ।
सो बस लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं को बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी मोहनमणि अधिकारीले जानकारी दिए ।
उक्त बसमा ३० जना चढेकोमा २९ जना घाइते र ३ जना गम्भीर रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना हुँदा घाइते भएका सबैको पहिचान भएको छ ।
दुर्घटनामा सल्यान बागचौर नगरपालिका– १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका– १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी घाइते हुनुभएको छ । उहाँहरुलाई आइतबार बिहान सवा ५ बजेतिर थप उपचारका लागि बुटवल पठाइएको छ ।
यसैगरी, रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका– ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका– बस्ने ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका– ८ बस्ने ६० वर्षीया टुककुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका– १० का २५ वर्षीय चित्रप्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका– ३ बस्ने ३१ वर्षीय ओमप्रकाश खड्का दुर्घटनामा परी घाइते हुनुभएको छ । उहाँहरुको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।
त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका– ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका– २ बस्ने २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका– ३ बस्ने ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय वेदबहादुर वली रहेका छन् ।