• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बागलुङमा दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–३, मा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको छ ।

    Advertisement

    नेत्रहीनले मागेर होइन पौरख गर्न सक्छन् भन्ने सन्देश दिने उद्देश्यले नगरको सहयोगमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

    ‘सक्दैनौँ नहेर हेपेर
    हामीलाई अपाङ्ग देखेर’

    नेत्रहीन सङ्घ बागलुङका पूर्वअध्यक्ष हरिदत्त शर्माले नेत्रहिनले स्थापना गरेको उक्त उद्योगको उद्घाटनसत्रमा स्वागत गर्दै उक्त गीतको अंश उच्चारण गर्नुभएको थियो । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोणलाई बदल्न उद्योग सञ्चालनमा ल्याइ स्वरोजगारीमार्फत सहज रूपमा जीवनयापन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो ।

    शर्माले गीतमा भने जस्तै अब नेत्रहीन मागेर हैन पौरख गर्न सक्दछ भन्ने सन्देश दिने अभिप्रायले नगरपालिकाले सहयोग गरेको नगर कार्यालयले जनाएको छ ।

    तत्काल चार जनालाई रोजगारी दिनेगरी रु आठ लाख लागतमा कपडा धुनका लागि प्रगोग गरिने सरफ उद्योग सञ्चालनमा ल्याइएको हो ।

    उद्योगको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

    नगरप्रमुख श्रेठले उद्योग स्थापनामा सघाएको बागलुङ नगरपालिकाले उद्योगबाट उत्पादन भएको सरफको बजारीकरणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरले सोही सरफ प्रयोग गर्ने जनाउँदै बागलुङ बजारमा सरफको बजारीकरणमा नगरले सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उहाँले उद्योगको निरन्तरताका लागि नेत्रहीन सङ्घ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

    एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उद्योग स्थापनाका लागि नगरले रु चार लाख सहयोग गरेको यहाँस्थित नेत्रहीन सङ्घका सचिव विकल थापाले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा बागलुङका दृष्टिविहीन मागेर हैन गरेर खाने अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    “अब दृष्टिविहीनहरू चोकमा गीत गाउँदै माग्दै हिँडेर भएन, उद्योगमा उत्पादन भएको सरफको बजारीकरण गर्दै हिँड्न पर्‍यो, कालिका शक्ति सरफ उत्पादन गरी बजारमा ल्याएका छौँ, हरेक दिन तीन सय प्याकेट उत्पादन क्षमता रहेको यस उद्योगलाई नगरले रु चार लाख सहयोग गरेको छ”, थापाले भन्नुभयो, “बजारीकरणमा नगरले सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले नेत्रहीन साथीहरूले पनि कर्मचारीको सहयोगमा ‘प्याकेजिङ’ तथा बजारीकरणमा सघाउँन सक्नेछन् ।”

    नेत्रहीन सङ्घका अध्यक्ष कुमार पुनले अब नेत्रहीन साथीहरू उद्यमी बन्ने वातावरण सङ्घले तयार गरेको बताउनुभयो । उहाँले नगरपालिकाले दिएको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको जनाउँदै नेत्रहीनहरूले कम्तीमा घर खर्च चलाउने वातावरण सृजना गर्न उद्योग सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ–३ का वडाध्यक्ष लक्ष्मण केसी, पत्रकार महासङ्घ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, अपाङ्ग सरोकार सङ्घका अध्यक्ष चिजा थापा र टीकाराम सापकोटालगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    नेत्रहीन सङ्घ बागलुङका अध्यक्ष कमल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पूर्वअध्यक्ष शर्माले स्वागत र सचिव थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.