बुटवल । नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीमा सुमन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा बुधबार बुटवलमा सम्पन्न भेलाले सुमन अधिकारी अध्यक्ष रहेको ११ सदस्य जिल्ला समिति सर्वसम्मतले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रकाश न्यौंपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, सम्मानित नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले खेलकुँद पत्रकारिता फस्टाउन आवश्यक रहेको बताए ।
सुमन अधिकारीको अध्यक्षता र स्वस्तिक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रम सो कार्यक्रममा निर्वाचन समितिका संयोजक दिनेश पाण्डेल रहेका थिए ।

