• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जहाँ घर थियो, अब वृद्धाश्रम छ


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • नविन बस्याल, जापान#

    Advertisement

    बुढेसकाल जीवनको त्यो अवस्था हो, शरीर थकित हुन्छ तर, मन अझै आशाले बाँचिरहेको हुन्छ । त्यो उमेर बितेको थकानभन्दा गहिरो हुन्छ । मनको एक्लोपन, आँखामा जमेको प्रतीक्षा र छातीभित्र कतै थुनिएको अभावको भारी । जब यही अवस्थाको यात्रा वृद्धाश्रमतर्फ मोडिन्छ, त्यो केवल एउटा भवनमा प्रवेश मात्र हुँदैन । त्यो त जीवन कै मूल थलोबाट विस्थापन हो । सम्बन्धहरूको संसारबाट टाढिएको, आफ्‌नै आँगनबाट अलगिएको, र आत्मीयताको अञ्चलबाट पारिएको एउटा पीडादायी बिन्दु हो । मानौँ त्यो उमेर बितिसके पनि जीवनको कुनै गहिरो बिछोड बाँकी रहन्छ ।

    के साँच्चै समय यति बदलियो, हामी आफ्‌नै बाबाआमालाई ॅघर’ भन्ने शब्दबाट उचालेर कुनै संस्थाको जिम्मा लगाउने अवस्थामा पुगेका छौं । त्यो संस्था जहाँ स्वास्थ्य सेवा समयमै पाउँछौं, तर संवेदनाको गन्ध हराएको हुन्छ । जहाँ नियमित खाना छ तर सन्तानको बोलीमा मिठास हुँदैन ।

    साँचो कुरा के हो भने– यो केवल कुनै व्यक्तिको गल्ती होइन । यो बदलिंदो समाजको सच्चा प्रतिबिम्ब हो । हामी यस्तो समय र संस्कृतिमा बाँच्न थालेका छौं । जहाँ सम्बन्धहरूभन्दा सुविधा, स्नेहभन्दा समयको हिसाब–किताब ठूलो मानिन्छ । हामी बुबा–आमाले गरेको स्नेह सम्झिन्छौं– तर त्यो स्नेहको कर्तव्य बिर्सिन्छौं ।

    हो, सन्तानहरू विदेशिएका छन्, शहरका कोलाहलमा हराएका छन् । उनीहरू अस्तित्वको दौडमा छन् भन्ने बहाना त सधैं तयार हुन्छ, तर के साँच्चै नै समय छैन ? कि हामीले प्राथमिकता फेर्यौं ? के त्यो व्यस्तता साँच्चै यति अनन्त छ, जसले हप्तामा एकपटक ‘कस्तो हुनुहुन्छ’ भनेर सोध्ने समय पनि हुँदैन ?

    कसै–कसैका बाबा–आमा आफैं वृद्धाश्रम जान्छन्, मुस्कुराउँदै भन्छन्, “हामी त अब बोझ भयौं होला त्त्” तर त्यो निर्णय स्वतन्त्रताको होइन, विवशताको उपज हो । उनीहरू बुझ्छन्, अब धेरै कुरा माग्नु हुँदैन । त्यसैले चुप लाग्छन्, मुस्कुराउने अभिनय गर्छन् । हाँस्दाहाँस्दै आँखा रसाउँछन् ।

    समाजले बुढेसकाललाई ‘सेवानिवृत्त जीवन’ भनेर परिभाषित गर्छ । वास्तवमा यो उमेर त हो, जहाँ मान्छेलाई अझ बढी आत्मीयताको आवश्यकता हुन्छ । अझ बढी मायाको टेको चाहिन्छ । उनीहरूलाई चाहिएको हुन्छ– छोराको हात समाउने साहस, बुहारीको सानो मुस्कान वा नाति–नातिनीको हाँसो । यी चीजहरू कुनै वृद्धाश्रमको भित्तामा टाँसिएका नियम–कानुनमा भेटिँदैनन् ।

    आज हामीसँग पैसा छ, तर समय छैन । हामी महङ्गा उपहार दिन सक्छौं तर आत्मीयता दिन सक्दैनौं । हामीले सबै कुरा स्मार्टफोनमा सुरक्षित राख्यौं । तर आमा–बाबाको हृदयमा आफूलाई सुरक्षित राख्न चुक्दैछौं । उनीहरू अझै पनि त्यो पुरानो झ्यालबाट टोलाउँछन्‌– छोरा कहिले आउला, कहिले फोन गर्ला भनेर ।

    यहाँ प्रश्न उठ्छ– के साँच्चै हामीसँग एक घण्टा पनि छैन ? एक कप चिया बाबाा–आमासँगै पिउने पल छैन । कि हामी भुल्यौं– समय बित्नेछ तर सम्बन्धहरू कहिल्यै फिर्ता आउँदैनन् ?

    समाधान के हो ?

    हामीले पाएको स्नेह फेरि फर्काएर दिनुछ । जसरी उनीहरूले हाम्रो हात समाएर हामीलाई हिँड्न सिकाए, अहिले हाम्रो पालो हो । उनीहरूको बाँकी यात्रा सजिलो बनाउने । हाम्रो आजको व्यवहार हाम्रो नै भविष्य बन्नेछ । जुन व्यवहार हामी आज आफ्‌ना बाबा–आमामाथि देखाउँछौं । त्यही व्यवहार एक दिन छायाँ बनेर फर्किनेछ ।

    यो केवल व्यक्तिगत जिम्मेवारी होइन, यो सामाजिक संरचनामा उठेको एउटा गहिरो प्रश्न हो । हामी कुन दिशातर्फ गइरहेका छौं, कहाँ हरायौं हामी ? परिस्थितिलाई दोष दिन सजिलो हुन्छ । तर, धेरैजसो अवस्थामा हामी आफैंले आफ्‌ना अभिभावकलाई विकल्पमा बदलेका छौं, जो कहिल्यै विकल्प थिएनन् । उनीहरू त हाम्रा नदेखिने मूल थिए, तर जीवनलाई स्थिर बनाउने जरा थिए ।

    यदि हामीले चाह्यौं भने, वृद्धाश्रमतर्फको यात्रा घटाउन सक्छौं । दिनको केही समय उनीहरूका लागि छुट्याउन सक्छौं । टाढा भए फोन गर्न सक्छौं, उनीहरूका मनको कुरा सुनिदिन सक्छौं । नाति–नातिनीका फोटो पठाउन सक्छौं । सानो प्रयास, सानो सम्झना, उनीहरूका लागि त्यो नै पर्व हुन्छ ।

    विद्यालयहरूमा, मिडियामा, नीति निर्माणमा, बृद्धको सम्मान तथा अधिकार र आत्मसम्मानबारे गम्भीर रूपमा विचार गरिनुपर्छ । राज्यले कानुनी ढाँचामा सुनिश्चित गर्नुपर्छ । कुनै सन्तानले आमाबाबालाई केवल संस्थामा सुम्पेर जिम्मेवारीबाट पन्छिन नपाओस् । समाजले एउटै स्वरमा भन्न सक्नुपर्छ– बृद्ध बोझ होइनन् । ती त जीवनका मूल आधार हुन्, जसको काँधमा हाम्रो इतिहास लेखिएको छ ।

    ‘वृद्धाश्रम’ शब्दले हामीलाई भावुक बनाउँछ । तर त्यो भावुकता केवल कविताको पंक्तिमा सीमित रह्यो भने अर्थहिन हुन्छ । त्यो भावुकता व्यवहारमा झल्किनुपर्छ– एक कलमा, एक चिट्ठीमा वा एक बिहानको चियामा । बुढेसकालमा उनीहरू आँखाभरि आशा बोकेर स्नेह खोजिरहेका हुन्छन्‌– नकि बन्द ढोका । हामीले यो कुरा बुझ्न सकेनौं भने, हामी केवल असल सन्तान मात्र होइन, असल मानिस बन्न सक्छौं ।

    उनीहरूले हामीलाई हिँड्न सिकाए– उनीहरूको बाँकी यात्रा सजिलो बनाउनका लागि अब हाम्रो पालो हो ।

    किनभने अन्ततः,
    “उनीहरू सधैं साथमा हुँदैनन्,
    तर सधैं प्रतीक्षामा हुन्छन्।”

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.