• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

आवेसले निम्त्याएको आवेग


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • #काजिराम श्रेष्ठ

    Advertisement

    रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनीहरूको घर मात्र होइन मन पनि जोडिएको छ । मेलापात सुख दुःखमा उनीहरू सँगै हुन्थे । वन जंगल जाँदा, पधेँरा जाँदा मेला पर्म जाँदा उनीहरूका श्रीमतिहरू सल्लाह गरेरसँगै जान्थे । उनीहरूका केटाकेटीहरू पनि खेल्दा गाइगोठालो जाँदा सँगसँगै जान्थे । यसरी हेर्दा उनीहरूको पुरै परिवार एक आपसमा मिलेर बसेको देखिन्थ्यो ।

    सधैंझैँ एकदिन उनीहरूको छोराछोरीहरूले गाइभैंसी फुकाएर चराउन लगे । वस्तुभाउलाई ठूलो चौरभित्र छोडेर छोराछोरी खेल्नतिर लागे । उनीहरू खेल्दै घरिघरी गाइभैंसीलाई पनि हेर्दथे । गाइभैंसी पनि आफ्‌नै सुरमा चरिरहेका हुन्थे । चौर कट्ने बेला चैं अरुको बाली खान पुग्ला भनेर उनीहरू आ–आफ्‌नो वस्तुभाउ फर्काउन जान्थे ।

    एकदिन गाइभैँसी चराउँदै गर्दा केटाकेटीलाई तिर्खा लाग्यो । रामबहादुरको छोरा कर्कलोको पात लिएर अलि परको तुरतुरे धारामा पानी लिन गयो । हरिबहादुरको छोरालाई गाइवस्तु हेर्ने जिम्मा पर्‍यो । चैतमासको टन्टलापुरे घाम, उखुम गर्मी । हरिबहादुरको छोरा गाइभैँसी हेर्दै चौतारीमा बस्यो । चौतारीमा सिरसिर हावाले शितलता प्रदान गरिरहेको थियो । ऊ मुग्ध भएर यसो पल्टेर हावा खाँदै थियो हरिबहादुरको छोरा भुसुक्क निदायो ।

    पानी लिन गएको रामबहादुरको छोरा कर्कलोको पातमा पोको पारेर पानी लिएर आयो र सुतिरहेको हरिबहादुरको छोरालाई ब्युँझाएर पानी खान दियो । पानी खाना साथ हरिबहादुरको छोराले सरर गाईवस्तुतिर नजर डुलायो । दोहर्‍याएर हेर्दा पनि उसले माली गाइलाई देखेन । तत्पश्चात उनीहरू माली गाईलाई खोज्न निस्किए । निकै बेर खोजेपछि हरिबहादुरको माली गाई रामबहादुरको मकैबारीमा भेटियो । माली गाईले हरिया घोगा हालिसकेका मकैका दुइटा गरा चैट पारेछ । तत्पश्चात दुई गोठालोको भनाभन भयो । भनाभन धक्कामुक्कामा बदलियो । रामबहादुरको छोराको नाकमा हरिबहादुरको छोराको मुक्का बज्रीयो । मुक्का खानेको नाकबाट रगतको धारा चुहियो । रामबहादुरको छोरा चिच्याउँदै घरतिर दौड्यो र आमालाई सम्पूर्ण बेलिबिस्तार लगायो । छोराको हालत देखेर आमाको मन न हो, दुख्यो । तत्पश्चात दुबैको आमा विच दोहरी चल्यो ।

    बेलुकी दुबैले आ–आफ्‌नो लोग्नेलाई कुरा लगाए । फलतः दुबैको लोग्नेविच हात हालाहाल भयो, दुबैका स्वास्नीले आ आफ्‌नो लोग्नेलाई तानेर घरभित्र लगे । दुबैले एक अर्काको सेखी झार्ने विचार गरे । मर्का धेरै रामबहादुरलाई परेको थियो । भोलिपल्ट समाज जोड्ने उसको धम्कीले हरिबहादुरको अहममा ठेस पुगेको महसुस भयो । त्यो सम्झदा हरिबहादुरको रिसको पारो निकै माथी चढ्यो । उसलाई आधारातसम्म निद्रा परेन । त्यसपछी तुरुन्तै सलाई लिएर रामबहादुरको खरको पालीमा आगो सल्काएर ओछ्यानमा पल्ट्यो र मस्त निद्रामा सुत्यो । आगो सल्किएर रामबहादुरको पालीबाट धुरी हुँदै हरिबहादुरको धुरी नाप्न पुग्यो । आगोले न रामबहादुरको घर चिन्यो न हरिबहादुरको घर चिन्यो ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.