• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

आवेसले निम्त्याएको आवेग


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • #काजिराम श्रेष्ठ

    Advertisement

    रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनीहरूको घर मात्र होइन मन पनि जोडिएको छ । मेलापात सुख दुःखमा उनीहरू सँगै हुन्थे । वन जंगल जाँदा, पधेँरा जाँदा मेला पर्म जाँदा उनीहरूका श्रीमतिहरू सल्लाह गरेरसँगै जान्थे । उनीहरूका केटाकेटीहरू पनि खेल्दा गाइगोठालो जाँदा सँगसँगै जान्थे । यसरी हेर्दा उनीहरूको पुरै परिवार एक आपसमा मिलेर बसेको देखिन्थ्यो ।

    सधैंझैँ एकदिन उनीहरूको छोराछोरीहरूले गाइभैंसी फुकाएर चराउन लगे । वस्तुभाउलाई ठूलो चौरभित्र छोडेर छोराछोरी खेल्नतिर लागे । उनीहरू खेल्दै घरिघरी गाइभैंसीलाई पनि हेर्दथे । गाइभैंसी पनि आफ्‌नै सुरमा चरिरहेका हुन्थे । चौर कट्ने बेला चैं अरुको बाली खान पुग्ला भनेर उनीहरू आ–आफ्‌नो वस्तुभाउ फर्काउन जान्थे ।

    एकदिन गाइभैँसी चराउँदै गर्दा केटाकेटीलाई तिर्खा लाग्यो । रामबहादुरको छोरा कर्कलोको पात लिएर अलि परको तुरतुरे धारामा पानी लिन गयो । हरिबहादुरको छोरालाई गाइवस्तु हेर्ने जिम्मा पर्‍यो । चैतमासको टन्टलापुरे घाम, उखुम गर्मी । हरिबहादुरको छोरा गाइभैँसी हेर्दै चौतारीमा बस्यो । चौतारीमा सिरसिर हावाले शितलता प्रदान गरिरहेको थियो । ऊ मुग्ध भएर यसो पल्टेर हावा खाँदै थियो हरिबहादुरको छोरा भुसुक्क निदायो ।

    पानी लिन गएको रामबहादुरको छोरा कर्कलोको पातमा पोको पारेर पानी लिएर आयो र सुतिरहेको हरिबहादुरको छोरालाई ब्युँझाएर पानी खान दियो । पानी खाना साथ हरिबहादुरको छोराले सरर गाईवस्तुतिर नजर डुलायो । दोहर्‍याएर हेर्दा पनि उसले माली गाइलाई देखेन । तत्पश्चात उनीहरू माली गाईलाई खोज्न निस्किए । निकै बेर खोजेपछि हरिबहादुरको माली गाई रामबहादुरको मकैबारीमा भेटियो । माली गाईले हरिया घोगा हालिसकेका मकैका दुइटा गरा चैट पारेछ । तत्पश्चात दुई गोठालोको भनाभन भयो । भनाभन धक्कामुक्कामा बदलियो । रामबहादुरको छोराको नाकमा हरिबहादुरको छोराको मुक्का बज्रीयो । मुक्का खानेको नाकबाट रगतको धारा चुहियो । रामबहादुरको छोरा चिच्याउँदै घरतिर दौड्यो र आमालाई सम्पूर्ण बेलिबिस्तार लगायो । छोराको हालत देखेर आमाको मन न हो, दुख्यो । तत्पश्चात दुबैको आमा विच दोहरी चल्यो ।

    बेलुकी दुबैले आ–आफ्‌नो लोग्नेलाई कुरा लगाए । फलतः दुबैको लोग्नेविच हात हालाहाल भयो, दुबैका स्वास्नीले आ आफ्‌नो लोग्नेलाई तानेर घरभित्र लगे । दुबैले एक अर्काको सेखी झार्ने विचार गरे । मर्का धेरै रामबहादुरलाई परेको थियो । भोलिपल्ट समाज जोड्ने उसको धम्कीले हरिबहादुरको अहममा ठेस पुगेको महसुस भयो । त्यो सम्झदा हरिबहादुरको रिसको पारो निकै माथी चढ्यो । उसलाई आधारातसम्म निद्रा परेन । त्यसपछी तुरुन्तै सलाई लिएर रामबहादुरको खरको पालीमा आगो सल्काएर ओछ्यानमा पल्ट्यो र मस्त निद्रामा सुत्यो । आगो सल्किएर रामबहादुरको पालीबाट धुरी हुँदै हरिबहादुरको धुरी नाप्न पुग्यो । आगोले न रामबहादुरको घर चिन्यो न हरिबहादुरको घर चिन्यो ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.