काठमाडौं, ५ असार । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यातेका छन् ।
Advertisement
सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताब च्यातेका हुन् ।
थापाले जनताबाट उठेको राजस्वबाट बनेको, बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए ।