धनविर पुन मगर
काठमाडौं । बुढानीलकण्ठ वडा नं. १० द्वारा समर फूटबल क्याम्पको आयोजना गरिएको छ । युवा खेलाडीहरूको खेलकुद क्षमता विकास गर्न समर फूटबल क्याम्पको सञ्चालन गर्न लागेको जानकारी वडाध्यक्ष नवराज भट्टराईले दिएका छन् ।
भट्टराईका अनुसार, यो क्याम्प आषाढ ४ देखि आषाढ १० सम्म कपन ह्यान्डबल मल्टिपर्पस स्पोट्र्स सेन्टरमा प्रतिदिन बिहान ७ः०० देखि ८ः३० बजेसम्ब आयोजना गरिनेछ ।
क्याम्पमा ७ देखि १४ वर्षका बालबालिका सहभागी हुन सक्नेछन् भने फुटबलको आधारभूत कौशल, बल मास्टरी, टीम वर्क र मैत्रीपूर्ण खेलहरू सिक्न पाउने व्यवस्था रहेको भट्टराईले बताए ।
भट्टराईका अनुसार यस कार्यक्रमलाई नर्थ स्टार फुटबल एकेडेमीले समर्थन गरेको छ भने प्रशिक्षक विशाल श्रेष्ठको नेतृत्वमा सञ्चालन हुनेछ ।
क्याम्पमा सहभागी हुने युवा खेलाडीहरूले नयाँ सिप सिक्ने, रमाइलो गतिविधिहरूमा सहभागिता जनाउने र अनुभवी प्रशिक्षकहरूबाट मार्गदर्शन पाउनेछन् । आवेदनको म्याद आषाढ २ राखिएको छ।