बुटवल । रुपन्देहीमा अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) को भेला सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमको उपस्थितिमा २०८२ जेठ २४ गते शनिबार सिद्धार्थनगरमा सो भोला सम्पन्न भएको हो ।
कार्यक्रमलाई केन्द्रीय अध्यक्ष अधिवक्ता पदम रोका र महासचिव लक्ष्मणदेव पाण्डेले अनलाइनमार्फत शुभकामना दिनुभएको थियो ।
भेलाले अधिवक्ता डण्डप्रसाद भट्टराई अध्यक्ष रहनुभएको पाँच सदस्यीय अन्लाको रुपन्देही जिल्ला समिति चयन गरेको छ ।
समितिको सचिवमा अधिवक्ता हेमराज शर्मा, कोषाध्यक्षमा अधिवक्ता देविलाल पाण्डे र सदस्यमा अधिवक्ता हीरालाल धामी रहनुभएको छ ।
सदस्यको एक स्थान पछि पूर्ति गर्ने निर्णय भएको जानकारी दिइएको छ ।