• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आव २०८२/८३ को बजेटमा राजमोको १७ बुँदे विमति


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको आव २०८२/८३ को बजेटमा राष्ट्रिय जनमोर्चाले १७ बुँदे विमति प्रकट गरेको छ ।

    Advertisement

    अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ जेठ १८ गते प्रेसवक्तव्य जारी गर्दै राजमोले सो विमति प्रकट गरेको हो ।

    संविधानमा समाजवादोन्मुख अर्थतन्त्रको कुरा उठाइए पनि बजेटमा निजीकरणतर्फ जोड दिएको भन्दै राजमोले वक्तव्यमार्फत फरक मत जाहेर गरेको छ ।

    राजस्वको स्रोत खुम्चिएर घाटाबजेट प्रेस गरेको बताउँदै वक्तव्यमा सङ्घीयता खारेज गरिनुपर्ने आवश्यकतामा जोड दिइएको छ । यस सन्दर्भमा विकासखर्च घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

    कृषि, जलस्रोत तथा पर्यटनमा सरकारले ध्यान नदिएको आरोप राजमोले सरकारमाथि लगाएको छ ।

    शिक्षक आन्दोलनका माग, बौद्ध पुरातात्त्विक सहर निर्माण, सहकारीपीडितलाई न्याय, प्रवासी नेपालीलाई मताधिकार प्रतिनिधित्वलगायका व्यापक विषय समेटिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यका सम्बन्धमा राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो प्रेसवक्तव्य जारी गरेका छौँ ।

    १. नेपालको संविधानले समाजवादोन्मुख अर्थतन्त्रमाथि जोड दिएको छ । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यका विभिन्न पृष्ठमा समाजवादोन्मुख अर्थतन्त्रका कुरा उठाइएको छ तर बजेटले निजीकरणमा जोड दिएको छ । यहाँसम्म कि बजेटले “निजी क्षेत्रलाई समृद्धिको संवाहक बनाउने” घोषणासमेत गरेको छ । विदेशी आयातलाई निर्वाध छुट दिएको छ । विदेशी पुँजीपतिलाई नेपालमा लगानी गर्न विभिन्न प्रकारका सहुलियत/सुविधा दिने घोषणा गरेको छ । राज्य शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सेवाको जिम्माबाट पन्छिन खोजेको छ । किसानको सट्टा भूमाफिया, मजदुर, साना, मझौला व्यापारी, कर्मचारीको सट्टा ठुला पुँजीपतिका पक्षमा बजेट निर्माण गरिएको छ । नेपालको पुँजीलाई विदेश पलायनको बाटो खोलिएको छ । बजेटका यी व्यवस्थाले राष्ट्रिय पुँजीको निर्माण भएर मुलुक समाजवादोन्मुख दिशामा अगाडि बढ्नुको सट्टा उदारीकण, निजीकरणको माध्यमबाट दलाल पुँजीवादको विकासलाई अगाडि बढाउन खोजिएको छ ।

    २. सरकारले उत्पादनशीलता, रोजगारी, उत्पादकत्वमा वृद्धि, गरिबी निवारणलाई बजेटको प्राथमिकता बताएको छ तर बजेटले निजीकरण तथा उदारीकणको बाटो लिएको छ । निजीकरण तथा उदारीकरणले बेरोजगारी पैदा गर्दछ । स्वदेशी उत्पादनप्रति राष्ट्रिय संरक्षणको नीति कमजोर हुन्छ । बजेटमा उत्पादनशीलता, रोजगारी, उत्पादकत्वमा वृद्धि र गरिबी निवारणजस्ता सुन्दर र आकर्षक भाषाशैली प्रयोग गरिएको भए तापनि त्यसबाट रोजगारीको सृजना र गरिबी निवारण हुनुको सट्टा मुलुक बेरोजगारी तथा गरिबीको चक्रव्यूहमा फस्नेछ ।

    ३. सरकारले प्रस्तुत गरेको बजेटको मुख्य श्रोत राजस्व नै हो तर २/३ वर्षदेखि लगातार राजस्वका श्रोत खुम्चिँदै गएका छन् वा राजस्व सङ्कलन हुन नसक्ने अवस्था देखिएका कारण सरकारले बजेटमा प्रस्तावित अनुमानित राजस्वको रकम घटाउँदै आएको छ । झन्डै ४० प्रतिशत राजस्व चुहावट हुने गरेको कैयौँ सरकारी प्रतिवेदनले बताइरहेका छन् । प्रशासनिक संयन्त्रको भ्रष्ट तथा नोकारशाही चरित्रका कारण ठुलो मात्रामा राजस्व चुहावट हुने गरेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । त्यसैले सरकारले बजेटमा प्रस्तावित गरेको राजस्वको लक्ष्य पूरा हुन सक्ने सम्भावनामाथि स्वयम् बजेटले नै दृढता प्रकट गर्न सकेको छैन । एकातर्फ, स्रोत खुम्चेर राजस्व घट््दै गइरहेको छ भने झन्डै झन्डै ४० प्रतिशत राजस्व चुहावट भइरहेको स्थितिमा राजस्वले राज्यको वार्षिक खर्च धान्न नसकेर घाटाबजेट बनाउनु परिरहेको स्थिति छ । घाटाबजेटलाई पूर्ति गर्नका लागि विदेशी तथा आन्तरिक ऋणमाथि आश्रित हुनुपरेको छ, जसको परिणाम सार्वजनिक ऋणको आयतनमा प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।

    ४. नेपालमा बढ्दो प्रशासनिक खर्च घटाउन र विकासका लागि आन्तरिक तथा बाह्य ऋण उठाउनुपर्ने समस्याको समाधानका लागि सङ्घीयताको खारेजी आवश्यक छ । सङ्घीयताका कारण मुलुकको प्रशासनिक खर्च बढेर गएको छ । सार्वजनिक ऋणमा वृद्धि भएको छ । स्वयम् सरकारले प्रशासनिक खर्च घटाउन कतिपय अनावश्यक सरकारी संरचना खारेज गर्ने कुरामा जोड दिँदै आएको छ । सङ्घीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरूप अनावश्यक संरचना भएकाले खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । सरकारले प्रशासनिक खर्च घटाउन अनावश्यक सरकारी संरचना खारेज गर्ने भने तापनि नयाँ नयाँ संरचना निर्माण गरेर खर्चको बोझ बढाइरहेको छ । विद्युत् प्राधिकरणलाई विभाजन वा फुटाउने गरी बजेटमा ल्याइएको प्रस्तावित व्यवस्था त्यसको उदाहरण हो ।

    ५. कुल बजेटको जम्मा २० प्रतिशत रकम मात्र विकासका लागि छुट्याइएको छ । यसबाट स्पष्ट हुन्छ कि हाम्रो बजेटको ठुलो हिस्सा विकासका लागि नभएर साधारण खर्चका लागि छुट्याइन्छ । जे जति विकासका लागि रकम विनियोजित गरिन्छ, त्यसको मुख्य स्रोत आन्तरिक तथा बाह्य ऋण हुन्छ । नेपालको आम्दानीबाट प्राप्त करिब करिब सबै रकम प्रशासनिकतर्फ खर्च हुने गरेको छ । यसरी हेर्दा नेपालको विकास ऋणबाट प्राप्त हुने रकममाथि नै आश्रित छ । जे जति रकम विकासका लागि विनियोजित गरिन्छ, त्यो पनि सरकारी संरचनाको दक्षताको अभाव तथा भ्रष्ट प्रशासनिक संयन्त्रका कारण खर्च हुन पाउँदैन । त्यसैले नेपालको विकास पछाडि पर्दै गइरहेको छ ।

    ६. विकासकार्यलाई अगाडि बढाउन सरकारले वर्षैपिच्छे उठाउने गरेको आन्तरिक तथा बाह्यऋणका कारण नेपालको सार्वजनिक ऋणको आयतन निकै बढेर गएको छ । अहिलेको बजेटमा कुल बजेटको १९ प्रतिशत रकम विदेशी तथा आन्तरिक ऋणको साँवाब्याज तिर्न छुट्याउनुले पनि नेपालमाथि दिनप्रतिदिन बढ्दो सार्वजनिक ऋणको बोझलाई बताउँछ । स्थिति यतिसम्म गम्भीर बनेको छ कि नेपाललाई प्रतिवर्ष ऋण तिर्न ऋण लिनु परिरहेको छ । यो स्थिति केही वर्ष कायम रहने हो भने नेपाल विदेशी ऋणको जालोमा फस्ने र त्यसबाट नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतासमेत कमजोर हुने खतरा पैदा भएको छ । त्यसतर्फ बजेटले कुनै ध्यान दिन सकेको छैन ।

    ७. सरकारले बजेटमार्फत् स्वदेशी पुँजी विदेश पलायनका लागि वैधानिकता दिएको छ । नेपाली पुँजीपतिले विदेशमा लगानी गर्न पाउनसमेत छुट दिएको छ । हाम्रोजस्तो अल्पविकसित र गरिब मुलुकका लागि यो नीति घातक सिद्ध हुनेछ । नेपालको राष्ट्रिय पुँजी विदेश पलायन वा विदेशमा लगानीको बाटो खोलिदिँदा राष्ट्रिय पुँजीको निर्माणमा बाधा पुग्ने र त्यसबाट समाजवादउन्मुख अर्थतन्त्रको उद्देश्यको कार्यान्वयन पछाडि पर्नेछ ।

    ८. नेपालको विकासका लागि सरकारले कृषि, जलस्रोत तथा पर्यटनको विकासमा ध्यान दिनुपर्ने आवश्यकता हुन्छ तर बजेटले कृषिको विकासका लागि खासै कुनै महत्त्व दिएको छैन । यहाँसम्म कि कृषिजन्य, दुग्धजन्य, मासुजन्य र वनस्पतिजन्य वस्तुमा भन्सारविन्दुमा अग्रिम कर खारेज गरेर स्वदेशी कृषि उत्पादन र किसानका विरुद्ध विदेशी उत्पादनमाथि जोड दिएको छ । भूमि बैङ्कको बहानामा कृषि क्षेत्रमा साम्राज्यवादीको प्रभुत्व कायम गर्ने प्रयत्न गरिएको छ । भूमाफियालाई पोस्ने गरी कतिपय नीति अगाडि बढाइएको छ । पर्यटनको क्षेत्रमा ठुलो पर्यटन व्यवसायी र ग्रामीण पर्यटनका बिच सन्तुलित नीति अगाडि बढाइएको छैन । जलस्रोतको विकासमा राष्ट्रिय आवश्यकतालाई ध्यान दिनुको सट्टा विदेशीको रणनैतिक स्वार्थलाई ध्यान दिएर नीति निर्माण गर्ने गरिएको छ । विगतमा सरकारले नै सार्वजनिक मोडेलमा निमाण गर्ने भनिएको बुढीगण्डकी जलविद्युत् परियोजनामा निजी क्षेत्रलाई समेत प्रवेश गराउने कुरा बजेटमा ल्याउनुले सरकार राष्ट्रिय आवश्यकताका आधारमा जलस्रोतको विकासमा गम्भीर नभएको स्पष्ट हुन्छ ।

    ९. बजेटले प्राकृतिक स्रोतको निर्यातमा जोड दिएको छ । नदीजन्य सामग्री बालुवा, ढुङगा, गिटी मुख्यतयाः भारत निर्यात गरेर राजस्व सङ्कलन गर्ने कुरा बजेटमा बताइएको छ, जुन गलत छ । नदीजन्य सामग्रीलाई मुलुकको भौतिक पूर्वाधारको विकासका लागि उपयोग गर्नेबाहेक विदेश निर्यात गर्ने नीतिले समग्र पर्यावरणको क्षेत्रमा गम्भीर असर पुग्नेछ । त्यसैले नदीजन्य सामग्रीको भारत निर्यातनीतिको खारेजीमा जोड दिन्छौँ ।

    १०. बुढीगण्डकी जलविद्युत् परियोजना, धौवादी फलामखानी, नेपाल दूरसञ्चार संस्थान, दैलेखको पेट्रोलखानीलगायतका विभिन्न खानी, संस्थान, परियोजनालाई सार्वजनिक मोडेलमा नै सञ्चालन गर्नुपर्दछ ।

    ११. विदेशीलाई नेपालमा अपार्टमेन्ट वा आवासका लागि जग्गा खरिद वा लिजमा लिन पाउने नीति बजेटले अगाडि सारेको छ, जुन गलत छ । त्यसको खारेजीमा जोड दिन्छौँ ।

    १२. स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सरकारले बिमा कम्पनीलाई तिर्नुपर्ने रकम समयमै नतिरेका कारण बिमामार्फत् स्वास्थ्य सेवा प्राप्त गर्न आम नागरिकलाई कठिनाइ भोग्नु परिरहेको छ । त्यसको समाधानका लागि उचित कदम उठाउन सरकारसँग जोड दिन्छौँ ।

    १३. शिक्षकहरूले आफ्ना व्यावसायिक हकहितको मागलाई राखेर लामो समयसम्म आन्दोलन गरेका थिए । सरकारले शिक्षकका माग पूरा गर्ने भनेर शिक्षक सङ्गठनसँग सम्झौता पनि गरेको थियो तर यो बजेटले सरकारले शिक्षक सङ्गठनसँग गरेको सम्झौताबमोजिम शिक्षकका माग सम्बोधन गर्न उपेक्षाको नीति अपनाएको छ । शिक्षकका माग सम्बोधन गर्ने गरी शिक्षा क्षेत्रमा रकम विनियोजन भएको छैन । शिक्षकसँग सरकारले गरेको सम्झौताको कार्यान्वयनमा हामीले जोड दिन्छौँ ।

    १४. विदेशबाट आयातित वस्तु वा ढुवानीका अस्थायी सवारी साधनमा बजेटले कतिपय कर हटाएको छ, जसको परिणाम पैठारी भइआउने वस्तुको लागत घट्ने र त्यसबाट स्वदेशी उत्पादनको विकास तथा विक्रीवितरणमा बाधा पुग्नेछ । विदेशबाट आयातित कच्चा पदार्थ वा महत्त्वपूर्ण औषधीबाहेकका सामग्रीमा करछुट गर्नु वा घटाउनु गलत हुनेछ ।

    १५. पर्यटनको विकासका लागि राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित वन क्षेत्र, पर्यटन व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था बजेटले प्रस्तावित गरेको छ । उक्त व्यवस्था स्वदेशी पर्यटन व्यवसायीको हकमा मात्र लागु हुनुपर्दछ ।

    १६. कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देहीका प्राचीन बौद्ध ऐतिहासिक तथा पुरातात्त्विक स्थानलाई मिलाएर बौद्ध पुरातात्त्विक सहरको निर्माणका लागि बजेटमा आवश्यक रकम व्यवस्था गर्ने कुरामा जोड दिन्छौँ ।

    १७. यो बजेटले लाखौँ सहकारीपीडितलाई राहत दिने गरी कुनै कार्यक्रम प्रस्तावित गर्न सकेको छैन । सहकारीपीडितलाई सम्बोधन गर्ने गरी बजेटमा व्यवस्था गरिनुपर्दछ ।”

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.