• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

फेवाताल वरिपरि पिल्लर राख्न सुरु


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • पोखरा । कास्कीपोखरास्थित फेवातालको मापदण्ड कायम गर्न पिल्लर राख्न सुरुआत भएको छ ।

    Advertisement

    २०८२ जेठ १७ गते शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा क्रियाशील राजनैतिक दलहरूको उपस्थितिमा ताल क्षेत्रघरको लागि पिल्लर गाडेका हुन् ।

    लामो समयदेखि पाँच राजनैतिक दलहरू राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी (नयाँशक्ति), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीले संयुक्त रूपमा सङ्घर्षका कार्यक्रम चाँडै सार्वजनिक गर्ने चेतावनी सङ्केत दिँदै आएका थिए ।

    फेवाताललगायत पोखरामा रहेका सर्वजननिक महत्त्व बोकेका सम्पदाको समेत संरक्षण, व्यवस्थापन, उपयोग, तथा त्यस क्षेत्रमा हुने विकास निर्माणलाई व्यवस्थित गर्नका लागि बनाइएका कानुनी, भौगोलिक, तथा पर्यावरणीय मापदण्डलाई कायम गर्न दबाब दिएको कुरा जगजाहेर नै छ । यी मापदण्ड फेवातालको जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वलाई जोगाउन अत्यावश्यक छन् ।

    प्रमुख मापदण्ड

    १. तटबन्ध क्षेत्रको निर्धारण सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको किनारदेखि ६५ मिटर भित्र कुनै पनि पक्की संरचना निर्माण गर्न निषेध गरिएको छ । यो मापदण्डले तालको प्राकृतिक फैलावट, जलग्रहण क्षेत्र र जलचर प्रणालीलाई जोगाउने उद्देश्य राख्दछ ।

    २. जलग्रहण क्षेत्रको संरक्षण

    फेवातालमा प्रवेश गर्ने खोल्साहरू† जस्तै : हरपाङ खोलो अन्य खोल्साबाट हुने माटो बग्नबाट रोक्ने उपाय अपनाउनुपर्छ । वनक्षेत्रको संरक्षण, अवैज्ञानिक खेती तथा दोहन नियन्त्रण आवश्यक छ ।

    ३. नक्सा र नापजाँच

    सरकारले तयार पारेको नयाँ काडस्ट्राल नक्साअनुसार फेवातालको वास्तविक क्षेत्रफल पुनः निर्धारण गरिएको छ । सर्वोच्च अदालतले गत २०८० असार ४ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्नू भनेर गरेको आदेशको गत असोज ९ गते पूर्ण पाठ आएको थियो । पूर्ण पाठमा ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र मापदण्ड कायम गर्न भनिएको थियो । यसअघि पनि सर्वोच्चको आदेश समयमै कार्यान्वयन नगर्दा गण्डकी सङ्घ, प्रदेश सरकार र पोखरा महानगरपालिका अपहेलना मुद्दा खेपेका थिए ।

    समितिले फेवातालको हाइफ्लोड लेबल ७५४ दशमलव ९५ कायम गरिएको हो भने उक्त विन्दुलाई आधार मान्दा तालले ओगटेको क्षेत्रफल (ताल घर) ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ ३ पैसा ३ दाम) कायम हुन आएको मेयर धनराज आचार्यले जानकारी दिए । यसरी हेर्दा फेवातालले ओगटेको क्षेत्रफल १ हजार २१३ रोपनी क्षेत्रफल बढेको देखिएको छ । सर्वोच्च अदालतले तोकेको ६५ मिटरसमेतको क्षेत्रफल ७.६१६ वर्ग किमी (१४ हजार ५७० रोपनी) हुन आएको मेयर आचार्यको भनाइ छ । २०८० माघ ११ गते बसेको समितिको बैठकले फेवाताल सीमाङ्कन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमिति गठन गरेको थियो ।

    सर्वोच्चको फैसलामा २०३२/३३ सालतिरको नापीभन्दा पहिलेदेखिको साविक दर्ता, स्रेस्ता, तिरो र निरन्तर भोगमा रहेकाको हकमा फेवातालको वर्षायामको उच्चतम पानीको विन्दुको किनाराबाट ६५ मिटरको मध्यवर्ती हरियाली क्षेत्र कायम गर्नका लागि आवश्यक पर्ने २०१८ देखि २०३१ सालसम्म कायम रहेको ताल र तालको डिलभन्दा बाहिरको जग्गाको हकमा मात्र कानुनबमोजिम मुआव्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआव्जा दिने व्यवस्था मिलाउन भनिएको छ । यसको अर्थ २०३१ सालपछि दर्ता भएका फेवातालको ६५ मिटर मापदण्डभित्रका जग्गामा कुनै पनि संरचना बनाउन मिल्दैन भन्ने हो ।

    ४. निर्माण कार्यमा नियन्त्रण

    तटबन्ध क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउनुपर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ । होटल, रेस्टुरेन्ट, डुङ्गाघाट आदि संरचनालाई पनि मापदण्डअनुसार अनुमतिको दायरामा राख्नुपर्ने हुन्छ ।

    कुनै पनि विकास परियोजनाको कार्यान्वयनअघि ई.आई.ए. वा आई.ई.ई. गर्न अनिवार्य छ, विशेष गरी ताल वरपरका क्षेत्रमा ।

    कानुनी आधार

    सर्वोच्च अदालतको फैसला (२०७३/७४ सालतिरको) – ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश ।

    वन ऐन, वातावरण संरक्षण ऐन, जलस्रोत ऐनलगायतका कानुनले पनि यस क्षेत्रको संरक्षणलाई बल दिन्छ । पोखरा महानगरपालिकाको स्थानीय नीति र गण्डकी प्रदेश सरकारको ताल संरक्षण नीति रहे पनि समस्या समाधानतिर भन्दा आलटाल गरी समय लम्बाउने खेल गर्ने कार्यान्वयन तहमा उदासिन देखिन्छ ।

    हाल देखिएको अवस्था

    धेरै स्थानमा ६५ मिटर मापदण्डको उल्लङ्घन हुँदै आएको छ । केही राजनीतिक दबाब तथा प्रशासनिक कमजोरीका कारण अवैध संरचना हटाउन कठिनाइ भइरहेको छ । सरकार र सत्ताबाहिर रहेका दल, नागरिक समाज, अदालत तथा मिडियाको चासोका कारण यो मुद्दा उच्च प्राथमिकतामा रहेको छ ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.