तौलिहवा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९ भगवानपुरमा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुको सचिव केरसिंह अदैको उपस्थितिमा २०८२ जेठ १७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
बेगम सुनारको अध्यक्षतामा सम्पन्न सो भेलाले बलबहादुर सुनार अध्यक्ष रहनुभएको ११ सदस्यीय राजमोको वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा टोरबहादुर जिसी, सचिवमा सन्दीप सुनार, सहसचिवमा विरा सुनार र कोषाध्यक्षमा देवीकुमारी बुढाथोकी रहनुभएको छ ।
त्यस्तै, सदस्यमा बेगमबहादुर सुनार, केदारबहादुर सुनार, अस्मिता परिवार र गायत्रीदेवी थापा तथा सल्लाहकारमा धनबहादुर बस्नेत रहुनभएको छ भने एक स्थान रिक्त स्थान राखिएको छ ।

भेलामा राजमो सचिव अदैले देशको तत्कालीन राजनीतिक परिस्थितिको बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा टोरबहादुर जिसीले पनि मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई राजमो शिवराज–१ का वडाअध्यक्ष शिवप्रसाद थारू र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विष्णुबहादुर थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।
भेलापछि बसेको पहिलो बैठकले राजमोको सदस्यता अभियान चलाउने र भदौमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।