गणेश अधिकारी, पोखरा ।
कास्कीका पाँच राजनीतिक दलले पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
Advertisement
पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत पोखरा पुगेका प्रचण्डलाई जिल्लाका समस्या तथा राष्ट्रिय राजनीतिका विषय समेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
राष्ट्रिय जनमोर्चासहितका पाँच दलले प्रचण्डलाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (बहुमत) का जिल्ला नेताहरूको हस्ताक्षर रहेको छ ।
