काठमाडौँ । कोसी प्रदेशका सांसदहरू चढेको गाडी र प्रहरीको गाडी मोरङको कानेपोखरीमा एकआपसमा ठक्कर खाँदा चारजना सांद घाइते भएका छन् ।
Advertisement
दुर्घटनामा कोसी प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० खगेन्द्र खड्काले चलाएको कार र प्रदेशसभा सदस्यहरू चढेको गाडी सोमबार ठोक्किएको हो ।
विपरीत दिशाबाट आउँदै गरेको बा५च ३५२० नम्बरको कारसँग सांसद चढेको गाडी ठोक्किएको थियो ।
प्रहरीका अनुसार, दुवै गाडीमा क्षति पुगेको छ भने मानवीय क्षति भएको छैन । गाडीमा सवार सांसदहरूको अवस्था सामान्य छ ।