बागलुङबजार । राष्ट्रिय जनमोर्चाका शुभचिन्तकहरू बडिगाड गाउँपालिका वडा नं. १ तुन्डाडा निवासी गङ्गाबहादुर भुजेल र हरिलाल थापाको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
Advertisement
५४ वर्षको अल्पायुमा २०८२ वैशाख १० गते र सोही ठाउँ निवासी अर्का शुभचिन्तक हरिलाल थापाको ७० वर्षको उमेरमा २०८२ वैशाख २५ गते भएपछि वैशाख २७ गते शनिबार सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राजमो बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, जिल्ला सल्लाहकार भीमसेन वन, जिल्ला सदस्य बोमबहादुर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य अनिल गिरीलगायतका पालिका र वडास्तरीय नेताकार्यकर्ताले श्रद्धाञ्जली दिनुभएको थियो ।
