गौँडाकोट (गुल्मी) । गुल्मीमा राष्ट्रिय जनमोर्चा गुल्मीदरवार पालिकाले प्रतिगामी खतरा विरुद्ध सभा सम्पन्न गरेको छ ।
Advertisement
२०८२ वैशाख २६ गतेका दिन पालिका कार्यालय गौँडाकोटमा सो सभा सम्पन्न भएको हो ।
सभालाई राजमो गुल्मीका सचिव छविलाल सर्तुङी, सहसचिव हरि न्यौपाने, जिल्ला सदस्य श्यामलाल पन्त र कमल पुलामीले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा उहाँहरूले प्रतिगामी खतरालाई कमजोर ठान्न नहुने बताउँदै उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो गुल्मीदरबार पालिका समितिका अध्यक्ष थम्मन बस्नेतले गर्नुभएको थियो ।
