• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • दार्चुला । व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको जेखिममा छ । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएका कारण बस्ती पहिरोको उच्चजोखिममा परेको हो ।

    Advertisement

    यो क्षेत्रमा २०२२/२३ सालदेखि पहिरो खस्न थालेको हो । विसं २०२८ र २०५१/५२ मा आएको पहिरोका कारण यस क्षेत्रको एउटा बस्ती पूरै विस्थापित भएको छ । महाकाली किनारदेखि पहिरो जान थालेकामा अहिले भुलचौरा बस्ती नजिकै पहिरो पुगेको छ । भिरालो पाखो जमिन रहेको यो ठाउँमा चिप्लो खरी माटो भएकै कारण निरन्तर पहिरो गइरहेको स्थानीयको भनाइ छ ।

    भुलचौराभन्दा तल्लो क्षेत्रमा मडगाउँका दलित तथा गैरदलित झन्डै ४२ परिवार २०५१/५२ मा पहिरोबाट विस्थापित भएका छन् । मडगाउँ पूरै पहिरोले कटान गरेको व्यास गाउँपालिका–४ का स्थानीय हरकसिँह विष्ट बताउनुहुन्छ । यो क्षेत्रमा निरन्तर पहिरो जाने गर्दछ । यहाँको भौगोलिक बनोटका कारण पनि पहिरो रोकिने अवस्था छैन ।

    साविकको सुनसेरा गाउँ विकास समितिअन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा छ । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ । विसं २०७४ मा स्थानीय सरकारमार्फत मडगाउँ, किम्पानी र बिन्नाला बस्तीका ३२ परिवारका लागि घर निर्माण गरिएको भए पनि दलित बस्तीका लागि अहिलेसम्म घर पुनस्र्थापना गरिएको छैन । बस्ती पुनर्निर्माण र पुनस्र्थापनातर्फ तीन तहको सरकारले समयमै ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

    महाकाली नदीको किनारबाट सुरु भएको पहिरो हाल दलित बस्ती नजिकसम्म आइपुगेको स्थानीय देवराम कामी बताउनुहुन्छ । “बस्तीभन्दा २० मिटर तलसम्म पहिरो पुगिसक्यो । यो बर्खासम्म गाउँसम्मै पहिरो पुग्ने खतरा छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार खेतीयोग्य जमिनको आधाभन्दा बढी भाग कटान भइसकेको छ भने बाँकी जमिन पनि जोखिममा छ । वर्षातको समयमा स्थानीयवासी पहिरोका डरले रातभर सुत्न सक्दैनन् ।

    व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिँह कुँवर बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउनुहुन्छ । हाल बस्तीभन्दा माथिल्लो क्षेत्रमा रहेको ठूलो खोलामा तटबन्धको काम भइरहेको उहाँले बताउनुभयो ।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.