कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले प्रतिगमनको विरुद्ध स्थानीय तहका कार्यक्रम अन्तर्गत शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा विरोध सभा गरेको छ ।
Advertisement
‘प्रतिगमी खतराविरुद्ध संघर्स गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने मूल नारासहित राजमोले पर्चा वितरणसहित कोण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा राजमो प्रदेश सचिव राजाराम चौधरी र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सन्चालन राजमो नेता जनक कुँवरले गर्नु भएको थियो ।
राजमोको विचारबाट प्रभावित भएर स्थानीय सुनिल रानाले कार्यक्रमस्थलमै सदस्यता लिएर राजमोमा सक्रिय हुने प्रतिवद्धाता व्यक्त गरेको राजमो कञ्चनपुरले जनाएको छ ।
