काठमाडौँ । निर्माणाधीन घरको छतबाट लडेर सुनसरीमा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
Advertisement
आइतबार बिहान इटहरी उपमहानगरपालिका–२० तरहरामा निर्माणाधीन घरको छतबाट लडेर असई ४५ वर्षीय प्रेम कटुवालको मृत्यु भएको हो ।
घरमा पानी हाल्ने क्रममा चिप्लिएर आफ्नै निर्माणाधीन घरको छतबाट लडेर मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
छतबाट झरेपछि गम्भीर अवस्थामा रहेका कटुवालको विराटनगरको न्युरो आर्या अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । कटवाल २ तले घरको माथिबाट तल नालीमा खसेका थिए ।
धनकुटामा कार्यरत कटुवाल केही दिनअघि मात्रै छुट्टीमा आएर घर निर्माणको काम गरेकोका प्रहरीले जनाएको छ।