धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालको चौँथो तलबाट हाम फालेर एकजना बिरामीले आतमहत्या गरेका छन् ।
Advertisement
कैलाली, गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्र बहादुर सिंहको मंगलबार मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठका अनुसार मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित सिंह सोमबार अस्पतालमा भर्ना भएका थिए। डायलासिस पश्चात् उनलाई मेडिकल वार्डमा सारेर उनको उपचार भइरहेको थियो।
साथमा उनी श्रीमती ईश्वरीदेवी सिंह पनि थिइन्। श्रीमतीलाई एकछिनमा आउँछु भन्दै निस्केका चक्रले मंगलबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेका थिए।
उपचारको क्रममा अस्पतालमा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।