• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बारपाककी धनमायालाई वैशाख १२ ले सधैँ झस्काउँछ!


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • गोरखा । गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ ।

    Advertisement

    गहभरि आँसु पारेर धनमाया भन्छिन्, ‘न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।’

    धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ । धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ । ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन् ।

    ‘आकास गर्जदा अझैँ पनि डर लाग्छ । गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ । मुटु नै चिसो बनाउँछ’, उनी भन्छिन् ।

    ‘भूकम्पले बारपाकीहरुको मानसिकतामा ठूलो धक्का पुगेको छ ।

    वैशाख १२ पछि गएका पटकपटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठूलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ ।

    ‘ठूलो जनधनको क्षति गर्नेगरी वैशाख १२ गते भूकम्प गएको १० वर्ष बितिसकेछ’, घलेले भनिन् ।

    अर्की स्थानीय ५५ वर्षीया कमला गुरुङले २०७२ वैशाख १२ गते सम्झँदै भनिन्, ‘हामी त बारीमा काम गर्दै थियौँ । एक्कासी जमिन हल्लियो, एकाएक घरहरु भत्किन थाले । गाउँ पूरै धुलोको मुस्लोले ढाकियो ।’

    भूकम्पका कारण आफूहरुको मानसिकतामा ठूलो चोट पुगेको गुरुङ बताउँछिन् ।

    ‘अहिले त नयाँ घर पनि बनाइसकेँ’, उनले भनिन्, ‘तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन ।’

    वैशाख १२ को भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्याएको थियो । २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाको मृत्यु भएको थियो भने झण्डै एक हजार ५०० निजी घरमा क्षति पुगेको थियो ।

    भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास पनि भएको छ । भूकम्पले बारपाकको स्वरुप नै परिवर्तन गरेको अर्का स्थानीय जीतबहादुर घले बताउँछन् ।

    ‘भूकम्पले विनाश त गर्‍यो तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ’, उनले भने, ‘बारपाक भूकम्पको केन्द्रबिन्दु भएकै कारण यहाँ सबैको नजर पर्यो । हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ ।’

    भूकम्पछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरु तीव्र रुपमा विकास भएको उनको भनाइ छ ।

    एक दशकको अवधिमा बारपाकमा निजी आवास पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ ।

    पुनःनिर्माण गर्दा विगतमा परम्परागत ढुङ्गाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरु बनेको छन् । रासस

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.