• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न राजमोद्वारा सरकारको ध्यानाकर्षण


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    शिक्षकको आन्दोलन समग्र शिक्षाप्रणाली र देशको भविष्यसित जोडिएको धारणा राख्दै राजमोले सरकारको ध्यानाकर्षण गराएको हो ।

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख ३ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सरकार आफैले गरेको सहमति पालना नगरेर गैरजिम्मेवारपन रवैया देखाएको ठहर गरेको छ ।

    प्रेसवक्तव्यमा सरकारले शिक्षकका माग समेटर नयाँ शिक्षा ऐन ल्याउने सहमति गरिसकेको अवस्थामा अहिलेको आन्दोलनले अविलम्ब शिक्षा ऐन माग गर्नु जायज भएको बताइएको छ ।

    शिक्षक आन्दोलनका माग पूरा गराउनका लागि जनदबाब सिर्जना गर्न अपिल गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “शिक्षकको दुई हप्तादेखि निरन्तर चलिरहेको आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । उनीहरूका माग बिल्कुल सिधा र न्यायपूर्ण रहेका छन् । उनीहरूले पहिले सरकारसित सम्झौता गरेर सहमतिका मागअनुसार नै शिक्षा ऐन निर्माणको माग गरेका छन् । पहिले स्वयम् आफै सहमत भइसकेपछि त्यसअनुसार शिक्षा ऐनको निर्माण नगर्नु सरकारको गम्भीर गैरजिम्मेवारपन हो ।

    सरकारले शिक्षकसित वार्ताको लागि आह्वान गरेको छ तर वार्ता गरेर सहमति भएका मागलाई सरकारले बारम्बार उलङ्घन गर्ने र त्यसअनुसार कानुन निर्माण नगर्ने गरेपछि अर्को वार्ता वा सम्झौता के अर्थ भयो ? त्यो अवस्थामा शिक्षकले कुनै वार्ता वा नयाँ सम्झौताको सट्टामा सिधै शिक्षा ऐनको माग गर्ने अडान न्यायपूर्ण छ । हामीले सरकारसित स्वयम् सरकारले पहिले शिक्षकसित गरेको सम्झौताअनुसार शीघ्र शिक्षा ऐन बनाउनुपर्ने आवश्यकता जोड दिन्छौँ ।

    सरकारले पहिले आफै सहमत भएका सम्झौताअनुसार शिक्षा ऐन नबनाएको हुनाले नै शिक्षकले ठुलो सङ्ख्यामा आएर सङ्घर्ष गर्नु परिरहेको छ । त्यसबाट शिक्षकको अनावश्यक रूपले ठुलो धनराशि खर्च भइरहेको छ । त्योबाहेक देशभरि नै विद्यार्थीको भर्ना, पठनपाठन, कतिपय परीक्षा वा पहिले परीक्षा भएका कपीको जाँच गर्ने काममा समेत बाधा पुगेको छ । ती सबैका लागि सरकारको गैरजिम्मेवारपन नै जिम्मेवार छ । पहिले त त्यसले शिक्षकसित भएका सम्झौताअनुसार शिक्षा ऐनको निर्माण गरेन । अब शिक्षकहरू सङ्घर्षमा उत्रेपछि उनीहरूका मागप्रति पनि सरकार गम्भीर भएको छैन । त्यसबाट शिक्षकलाई ठुलो कष्ट पुग्नुका साथै सम्पूर्ण शिक्षाप्रणाली नै ध्वस्त हुने सम्भावना पैदा भएको छ ।

    देशमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन राष्ट्रिय जनमोर्चाले देशका सम्पूर्ण न्यायप्रमी जनतासित शिक्षकका माग पूरा गराउन सरकारमाथि जनदबाब सिर्जना गर्न अपिल गर्दछ । समग्र रूपमा यो कुरा प्रष्ट छ कि अहिलेको शिक्षक आन्दोलन खालि शिक्षकसित मात्र जोडिएको नभएर हाम्रा सबै छोराछोरी र उनीहरूको भविष्य तथा त्यसरी सम्पूर्ण देशको भविष्यसित समेत जोडिएको छ । त्यसकारण हामीले शिक्षकको आन्दोलन र देशको सम्पूर्ण भविष्यसित खेलवाड नगर्नका लागि सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ ।”

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.