काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले सांसदहरूले सहमति नजनाएपछि संसदीय समितिको बैठकमा प्रस्ताव पेश भएपनि तीनकुने घटनाबारे छानबिन समिति गठन हुन सकेन।
शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न प्रस्ताव गरेकी थिइन्। तर नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले सहमति नजनाएसँगै छानबिन समिति बन्न नसकेको हो।
समिति सभापति सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन्। उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन्।
उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन्।
उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउनुपर्ने बताइन्।
सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रबन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताइन्।