• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ : केसी

"राजधानीकेन्द्रित आन्दोलनको समापन "

  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन हुन नदिँदै सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन २०८१ चैत २८ गते बुढानीलकण्ठको साप्रेढुङ्गामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो आवश्यकतामा जोड दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ, त्यसका लागि स्थानीयस्तरमा पुगेर काम गरौँ ।’

    सङ्घीयता विरुद्ध आफूहरूले अन्तरिम संविधानमा संशोधन भएदेखि दुईओटै संविधानसभामा र हालसम्म सङ्घर्ष गरिरहेको उहाँले स्मरण गर्नुभयो ।

    सांसदसमेत रहनुभएका केसीले सङ्घीयता विरुद्धको आन्दोलनलाई अझै उचाइमा उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘सङ्घीयता विरुद्धको आन्दोलनलाई जति उठाउनुपर्दथ्यो, त्यति हुन सकिरहेको छैन’ उहाँले भन्नुभयो– ‘सङ्घीयता विरुद्धको आन्दोलनलाई उचाइमा नउठाउने हो भने देश सिक्किम बन्न सक्छ ।’

    पछिल्लो समयमा प्रतिगामी चलखेल तीव्र गतिमा बढेको बताउँदै उहाँले राजमोले गणतन्त्र र राष्ट्रियतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

    ‘सबै कुरा गौण हुन्, मुख्य कुरा राष्ट्र हो’ उहाँको भनाइ थियो ।

    राजा हटाइएका विश्वका कैयौँ देशमा त्यसको पुनर्स्थापना भएको प्रसङ्ग उठाउँदै उहाँले नेपालमा पनि प्रतिगमनको खतरा यथावत् रहेको बताउनुभयो ।

    आन्दोलनको क्रममा राजमोका कार्यकर्ताले देखाएको उच्च प्रकारको अनुशासनको उहाँले प्रशंसा गर्नुभयो ।

    ‘मसाल वा राजमोको अनुशासन देखेर विरोधीहरू लोभिन्छन्’ उहाँले भन्नुभयो– ‘दुस्मनलाई हराउन पहिला आफूभित्रको कमजोरीलाई हराउनुपर्दछ । आफै अनुशासित बन्नुपर्दछ । हाम्रा कार्यकर्ता अनुशासित छन् ।’

    राजमोका कार्यकर्ताहरू एक महिनादेखि काठमाडौँमा खटेको देखेर विरोधीले जिब्रो टोकेको बताउँदै उहाँले भन्नुभयो– ‘अन्ततः सङ्घीयता खारेज हुन्छ ।’

    आन्दोलनमा सफल पार्ने सबैलाई धन्यवाद : शर्मा

    कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी तथा यसलाई सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    विभिन्न कारणले गत डेढ दशकदेखि सशक्त आन्दोलन सञ्चालन हुन नसकिरहेको बताउँदै उहाँले अहिले यस्तो आन्दोलन सफल भएकोमा हर्ष व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘गत डेढ वर्षदेखि उच्च प्रकारको आन्दोलन गर्न सम्भव भइरहेको थिएन तर अहिले सम्भव भएको छ ।’

    आन्दोलन सफल पार्न करिब तीन दर्जन साथीहरू महिनादिनअघि काठमाडौँ आएर तयारी गरेको उहाँले स्मरण गर्नुभयो ।

    ‘चैत १५ गतेपछि परिस्थिति बदलियो । फेरि पनि साथीहरू अनुमान गरेभन्दा बढी सङ्ख्यामा आएर आन्दोलन सफल पार्नुभयो । त्यसका लागि सबैलाई धन्यवाद’ उहाँले भन्नुभयो ।

    राजमो अनुशासन देखेर प्रशासन प्रभावित : बुढाथोकी

    अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले राजमो कार्यकर्ताको अनुशासन देखेर काठमाडौँको प्रशासनसमेत प्रभावित भएको बताउनुभयो ।

    ‘काठमाडौँको प्रहरी र प्रशासन राजमो नेताकार्यकर्ताको अनुशासनबाट प्रभावित छ’ उहाँको भनाइ थियो ।

    जनताले राजमोको नीति र अनुशासनको माझमा मेल खाएको देखेको उहाँको भनाइ हो ।

    यस खालको अनुशासनलाई यथावत् राख्दै अगाडि बढ्नुपर्ने सन्दर्भमा उहाँको भनाइ थियो– ‘राजमोका नेताकार्यकर्ताले आवश्यकताअनुसार अझ उच्चस्तरको आन्दोलनको तयारीमा रहनुपर्दछ ।’

    विषम परिस्थितिमा सङ्घीयता विरोधी आन्दोलन : प्राडा गौतम

    समारोहमा मन्तव्य राख्दै अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले विषम परिस्थितिमा राजमोले यस खालको आन्दोलन गरेको अभिव्यक्ति दिनुभयो ।

    राजनीतिक स्वतन्त्रता पाए पनि आर्थिक स्वतन्त्रता नपाउँदासम्म मुलुक स्वतन्त्र नहुने बताउँदै उहाँले सङ्घीयताले देशलाई आर्थिक रूपमा झन् परिनिर्भर बनाउने बताउनुभयो ।

    ‘व्यवस्था परिवर्तन वास्तविक क्रान्ति सम्पन्न भएपछि मात्रै हुन्छ’ उहाँले राजमोको लक्ष्यतर्फ इङ्गित गर्नुभयो ।

    प्राडा गौतमले भन्नुभयो– ‘सङ्घीयता खारेजीको आन्दोलन अन्तिम लक्ष्यप्राप्तिको सहायक आन्दोलन हो । नयाँ जनवादी क्रान्ति रणनीतिक लक्ष्य हो ।’

    आन्दोलनले सङ्घीयताबारे बहस चलायो : जिसी

    नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले राजमोले चलाएको सङ्घीयता विरोधी आन्दोलनले नयाँ बहस जन्माएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘काठमाडौँकेन्द्रित आन्दोलनले सङ्घीयताबारे पुनः बहस सिर्जना गरेको छ’ उहाँको भनाइ थियो ।

    यस्तो बहसलाई अझै अगाडि चलाउँदै जानुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सङ्घीयता खारेज नगर्ने हो भने देश विखण्डन हुन सक्ने बताउनुभयो ।

    उहाँले यो आन्दोलनले संविधान संशोधनको सन्दर्भमा मदत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले गणतन्त्र र राष्ट्रियताको विषय महत्त्वपूर्ण रहेको बताउँदै त्यसका लागि पनि राजमोको सङ्घर्ष गौरवशाली रहेको बताउनुभयो ।

    राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, स्वयम्सेवकको तर्फबाट खगेश्वर सुनार, पूर्व सांसद हरि आचार्य, जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीको आतिथ्य रहेको थियो ।

    त्यसैगरी, कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी, रक्तिम सांस्कृतिक अभियानमा अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष प्रेम पौडेल, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका उपाध्यक्ष पदम श्रेष्ठ, साउदी अरब नेपाली एकता समाजका हरिप्रसाद शर्मा, जापान नेपाली एकता समाजका कावा अध्यक्ष दण्ड केसी र राजमो ज्येष्ठ सदस्य कल्लु थारूको पनि आतिथ्य रहेको थियो ।

    चैत २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रम काठमाडौँमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै दुई दिन घटाइएको थियो । आज शान्तिवाटिकामा गर्ने भनिएको कार्यक्रम मौसमसम्बन्धी प्रतिकूलताका कारण बुढानीलकण्ठक‍ो साप्रेढुङ्गामा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

     

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.