काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्।
Advertisement
शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
घाइतेलाई बी एन्ड बी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले पक्राउ गरी टेकु लगेको राप्रपा नेता सगुनसुन्दर लावतीले पुष्टि गरे ।
यस्तै, राजावादी आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ।
प्रहरीका अनुसार, स्वागत नेपाल, सेफड लिम्बु र सन्तोष तामाङ नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन्।
लुटपाट, आगजनी लगायतका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्नहरूलाई आवश्यक कारबाहीका लाागि प्रहरीले खोजी कार्य तीब्र बनाएको जनाएको छ।
दुर्गा प्रसाई भने मोबाइल बन्द गरेर फरार भएका छन्।