काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक–२०८१” लाई अस्वीकार गर्नुभएको छ ।
२०८१ चैत १० गते आइतबार राष्ट्रियसभाको सत्रौँ अधिवेशनअन्तर्गत बैठक सङ्ख्या १६ मा सो विधेयक प्रस्तुत भएपछि उहाँले अस्वीकार गर्नुभएको हो ।
‘यो विधेयक अध्यादेशमार्फत आएको हो । यो विधि र प्रक्रिया मिचेर आएको हो’ उहाँले भन्नुभयो ।
विधेयकको सारबारे उहाँको भनाइ थियो– ‘यो विधेयक प्रचलित ऐनसँग बाझिएको छ । जनतालाई राहतभन्दा पनि बिचौलिया र माफियालाई राहत दिने गरी आएको छ ।’
मुख्यतः विधि र प्रक्रिया मिचेर आएको दाबी गर्दै आफ्नो दलले सो विधेयकलाई अस्वीकार गर्नुभयो ।
‘यो विधेयक स्वीकार गर्न सकिँदैन’ उहाँले भन्नुभयो– ॅयसलाई फिर्ता गर्नुपर्दछ भन्ने आफ्नो मान्यता दर्ता गराउन चाहन्छ ।’