भरतपुर। नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको निधन भएको छ ।
Advertisement
ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केही समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।
भरतपुर–१६ शिवनगरकी संगीताको शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो ।
तर, पुनः ब्रेनमा क्यान्सर देखिएको थियो । उनी लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।