• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अध्यक्ष केसीको प्रश्न : नेपालीलाई हत्कडी लगाएर डुलाउँदा देशकै बेइज्जती भएन?


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले नेपालीलाई हत्कडी लगाएर विश्वभरि डुलाउँदा देशकै बेइज्जती भएको बताउनुभएको छ ।

    Advertisement

    अमेरिकाबाट अवैध आप्रवासीको नाममा नेपाल फर्काउँदा नेपालीलाई सिक्री र हत्कडी लगाएर ल्याइएको प्रसङ्ग अगाडि सार्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

    राजमो निकट विभिन्न सम्पर्क समितिले संयुक्त रूपमा २०८१ फागुन २४ गते शनिबार काठमाडौँको टोखा नगरपालिकास्थित भुतखेल पार्कमा आयोजित वनभोज कार्यक्रममा मन्तव्य राख्दै उहाँले यसबाट नेपालको स्वाभिमान पनि झुकेको दाबी गर्नुभयो ।

    ‘नेपालीको अवस्था कस्तो छ ? तपाईं देखिहाल्नुभयो नि’ उहाँले भन्नुभयो– ‘अमेरिकाबाट अवैध प्रवासीको नाममा नेपालीलाई फर्काउँदा सिक्री र हत्कडी लगाएर अल्बानिया हुँदै नेपाल भित्राइयो । हेर्नुस् त नेपालको कस्तो बेइज्जती ? नेपालको स्वाभिमान कहाँ गयो ।’
    उहाँले नेपालीको दयनीय अवस्थाबारे अर्को उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

    ‘मैले सामाजिक सञ्जालमा हेरेँ । वैदेशिक रोजगारीको सिलसिलामा खाडी पुगेकी एक जना महिला मालिकले नमिठो भनेर छोडेको जुठो खाना खाएर बाच्दी रहिछन् । खाना मिठो भएको दिन त ती महिला भोकै बस्नुपर्ने रे’ उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्थाबारे सङ्क्षिप्तमा चित्रण गर्नुभयो ।

    देशको खराब शासन र शासकका कारण नेपालीको यस्तो अवस्था रहेको उहाँको भनाइ थियो ।

    यस सन्दर्भमा उहाँले सङ्घीयताका कारण नेपाली जनताको अवस्था झनै कमजोर भएको बताउनुभयो ।

    ‘सङ्घीयता विदेशीको खेती हो’ आफूहरूको सङ्घीयता विरोधी आन्दोलनको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो– ‘जबसम्म बोकाएकाले झिक् भन्दैनन्, तबसम्म बोक्नेहरूले सङ्घीयता बोक्न छोड्दैनन् ।’

    सङ्घीयता नेपाली जनतालाई पटक्कै मन नपरेको भए पनि बोकाउनेले बोकाइदिएका कारण त्यसलाई फाल्न राजमोले सङ्घीयता विरोधी आन्दोलन गर्नुपरेको उहाँको धारणा थियो ।

    ‘अब त बोक्नेका काँध पनि पाट्टिएका छन्’ उहाँले भन्नुभयो–’राष्ट्रको अस्तित्व बचाउन पनि सङ्घीयता खारेज गर्नुपर्ने भएको छ ।’

    उहाँले जनताको आन्दोलनबाटै सङ्घीयता खारेज गर्नुपर्ने भएकाले राजमोले काठमाडौँकेन्द्रित आन्दोलन सञ्चालन गर्नुपरेको उहाँको भनाइ थियो ।

    उहाँले प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनको आधारमा देशमा शासन सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल र राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको आयोजना प्युठान–काठमाडौँ सम्पर्क समिति, बागलुङ–काठमाडौँ सम्पर्क समिति, अर्घाखाँची–काठमाडौँ सम्पर्क समिति, गुल्मी–काठमाडौँ सम्पर्क समिति, कर्णाली–काठमाडौँ सम्पर्क समिति, सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति, दाङ–काठमाडौँ सम्पर्क समिति, रामेछाप–काठमाडौँ सम्पर्क समितिलगायतले गरेका थिए ।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.