विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको भागबण्ड नमिल्दा नेविसंघका दुई समूहबीच कुटाकुट भएको छ ।
Advertisement
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको झडपमा परी दुईजना घाइते भएका छन् ।
क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको हो ।
घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन् । उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
आउँदै गरेको स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिन अघि देखि नै यी दुई समूहको बिचमा विवाद हुँदै आएको थियो । बिहीबार बिहान स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बारेमा आयोजना गरिएको छलफलको क्रममा हात हालाहाल भएको थियो ।