सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ कुमलडाँडामा आगलागी भएको छ । आगलागीबाट एउटा गोठ जलेर क्षति भएको छ ।
Advertisement
आगलागीबाट स्थानीय सावित्रा भुसालको गोठमा क्षति पुगेको ढाकाबाङ प्रहरीचौकीले जनाएको हो ।
२०८१ फागुन १२ गते मङ्गलबार बिहान भैँसीलाई पानी तताएको आगो गोठमा ८ बजेको समयमा सल्किएको थियो । आगो प्रहरी र स्थानीयको सक्रियतामा बिहान ११ बजे नियन्त्रणमा लिइएको थियो ।
भुसालको गोठमा स्थानीय टोपबहादुर विकले भोगचलन गर्दै आएका थिए ।