काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दिरमा जाने केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलन स्थगित भएको छ ।
सरकार र आन्दोलन पक्षधरबीच मंगलबार साँझ ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमती पत्रमा उल्लेख छ।
आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्न सरकार सहमत भएको छ।
मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता माघ २७ गते बिहान ११ बजे बस्ने पनि दुई पक्षबिच सहमती भएको छ ।
यस्तै, सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमती पत्रमा उल्लेख छ ।