• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

जनजाती सम्मेलनको जागरण: राष्ट्रियताबारे अन्तरक्रिया, कोरोनाबारे रचना वाचन


  •   आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलने जेष्ठ १५ गते अन्तरक्रिया र जेष्ठ १९ गते रचना वाचन कार्यक्रम गर्ने भएको छ । यस सिलसिलामा जेष्ठ १५ गते ‘नेपालमा गणतन्त्र स्थापनापछि जनजातिको अधिकारको अवस्था’ विषयक अन्तरक्रिया र जेष्ठ १९ गते ‘राष्ट्रियता र कोरोना सङ्कट’ विषयमा रचना वाचन गरिने छन् ।

    Advertisement

    अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा २०७७ जेष्ठ ११ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो । वक्तव्यमा कोरोना सङ्क्रमणका कारण देशविदेशमा अलपत्र नागरिकको उद्धार, राहत वितरण र उचित व्यवस्थापन, नक्सा सार्वजनीकरणको स्वागत तथा अतिक्रमित भूमि फिर्ताका लागि परिपक्व कूटनीति तथा एमसिसीको अस्वीकृतिबारे पनि जनजाति सम्मेलनको धारणा व्यक्त गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

    “२०७७ जेष्ठ १० गते अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सचिवालयका साथीका बिचमा उपलब्ध केन्द्रीय सदस्यसहित सामाजिक सञ्जाल र फोनमार्फत् छलफल भयो । छलफलबाट भएका केही निर्णयका बारेमा जानकारी गराउन यो वक्तव्य प्रकाशित गरिएको छ ।

    छलफलबाट आगामी जेष्ठ १५ गते अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा “नेपालमा गणतन्त्र स्थापनापछि जनजातिको अधिकारको अवस्था” शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ । जेष्ठ १९ गते अखिल नेपाल जनजाति सम्मेलन साहित्य तथा संस्कृति विभागको आयोजनामा राष्ट्रियता र कोरोना सङ्कट दुई विषयमा साहित्यिक रचनाहरू प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । जेष्ठ १५ र १९ गते सम्पन्न हुन गइरहेको दुवै कार्यक्रम सफल पार्न सम्बन्धित सबैसित अनुरोध गर्दछौँ ।

    अहिले कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कटका सम्बन्धमा छलफल भयो । हाम्रो सङ्गठन नेपालको सिमानामा आई अलपत्र परेका तथा विदेसमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न र नेपाल ल्याई घरसम्म सुरक्षित रूपमा पुर्याउन सहयोग गर्न सरकारसित माग गर्दछ । भारतमा रेल र अन्य यातायात सञ्चालनमा आएपछि भारतबाट नेपाल आउने नेपालीको चाप बढ्दो छ । भारतबाहेकका तेस्रो मुलुकबाट पनि नेपालीलाई नेपाल पठाउन लागिएको छ । यथेष्ट तयारी बिना भविष्यमा धेरै ठुलो समस्या आउन सक्छ । पूर्व तयारीमा विशेष ध्यान दिन जरुरी छ । कोरोना सङ्क्रमणको समस्याले सबैभन्दा बढी अप्ठ्यारो ज्यालादारी मजदुरलाई बनाएको छ । राहत वितरण गर्दा निम्नवर्गका मानिसलाई प्राथमिकतामा राख्न हाम्रो सङ्गठनले विशेष ध्यान दिन आग्रह गर्दछ ।

    भर्खरै नेपालको संसदले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा लिम्पियाधुरासम्म नै नेपालको भूभाग भएको नक्सा प्रचलनमा ल्याउने निर्णय गरेको छ । सरकारले उक्त नक्सालाई सार्वजनिक गर्दै सरकारी काम–कारबाहीमा प्रयोगमा ल्याउन आवश्यक प्रकृया पनि अगाडि बढाएको छ । सरकारको उक्त कदमको हाम्रो सङ्गठन स्वागत गर्दछ । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको नेपालको जमिन फिर्ता गर्न परिपक्व तरिकाले कूटनैतिक पहलकदमी अगाडि बढाउन सरकारसित आग्रह गर्दछ । सरकारलाई यो विवाद छिटो टुङ्ग्याउन दबाब र आवश्यक सहयोग प्रदान गर्न जरुरी छ । त्यसका निम्ति पनि हामी सबै देशभक्त नेपालीसित अनुरोध गर्दछौँ ।

    सरकारले संसदबाट एमसिसी पारित गर्न गरेको प्रयत्नप्रति हाम्रो सङ्गठन तीव्र विरोध प्रकट गर्दछ । एमसिसी पारित भएमा यसले नेपालको सार्वभौमसत्तालाई कमजोर बनाउँदै लैजाने छ । एमसिसीलाई अस्वीकार गर्न हाम्रो सङ्गठनले सरकार, सांसद, राजनीतिक दल र सम्पूर्ण जनतासित हार्दिक अनुरोध गर्दछ ।”

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    वेदकालीन समाज
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.