• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

जनजाती सम्मेलनको जागरण: राष्ट्रियताबारे अन्तरक्रिया, कोरोनाबारे रचना वाचन


  •   आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलने जेष्ठ १५ गते अन्तरक्रिया र जेष्ठ १९ गते रचना वाचन कार्यक्रम गर्ने भएको छ । यस सिलसिलामा जेष्ठ १५ गते ‘नेपालमा गणतन्त्र स्थापनापछि जनजातिको अधिकारको अवस्था’ विषयक अन्तरक्रिया र जेष्ठ १९ गते ‘राष्ट्रियता र कोरोना सङ्कट’ विषयमा रचना वाचन गरिने छन् ।

    Advertisement

    अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा २०७७ जेष्ठ ११ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो । वक्तव्यमा कोरोना सङ्क्रमणका कारण देशविदेशमा अलपत्र नागरिकको उद्धार, राहत वितरण र उचित व्यवस्थापन, नक्सा सार्वजनीकरणको स्वागत तथा अतिक्रमित भूमि फिर्ताका लागि परिपक्व कूटनीति तथा एमसिसीको अस्वीकृतिबारे पनि जनजाति सम्मेलनको धारणा व्यक्त गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

    “२०७७ जेष्ठ १० गते अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सचिवालयका साथीका बिचमा उपलब्ध केन्द्रीय सदस्यसहित सामाजिक सञ्जाल र फोनमार्फत् छलफल भयो । छलफलबाट भएका केही निर्णयका बारेमा जानकारी गराउन यो वक्तव्य प्रकाशित गरिएको छ ।

    छलफलबाट आगामी जेष्ठ १५ गते अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा “नेपालमा गणतन्त्र स्थापनापछि जनजातिको अधिकारको अवस्था” शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ । जेष्ठ १९ गते अखिल नेपाल जनजाति सम्मेलन साहित्य तथा संस्कृति विभागको आयोजनामा राष्ट्रियता र कोरोना सङ्कट दुई विषयमा साहित्यिक रचनाहरू प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । जेष्ठ १५ र १९ गते सम्पन्न हुन गइरहेको दुवै कार्यक्रम सफल पार्न सम्बन्धित सबैसित अनुरोध गर्दछौँ ।

    अहिले कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कटका सम्बन्धमा छलफल भयो । हाम्रो सङ्गठन नेपालको सिमानामा आई अलपत्र परेका तथा विदेसमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न र नेपाल ल्याई घरसम्म सुरक्षित रूपमा पुर्याउन सहयोग गर्न सरकारसित माग गर्दछ । भारतमा रेल र अन्य यातायात सञ्चालनमा आएपछि भारतबाट नेपाल आउने नेपालीको चाप बढ्दो छ । भारतबाहेकका तेस्रो मुलुकबाट पनि नेपालीलाई नेपाल पठाउन लागिएको छ । यथेष्ट तयारी बिना भविष्यमा धेरै ठुलो समस्या आउन सक्छ । पूर्व तयारीमा विशेष ध्यान दिन जरुरी छ । कोरोना सङ्क्रमणको समस्याले सबैभन्दा बढी अप्ठ्यारो ज्यालादारी मजदुरलाई बनाएको छ । राहत वितरण गर्दा निम्नवर्गका मानिसलाई प्राथमिकतामा राख्न हाम्रो सङ्गठनले विशेष ध्यान दिन आग्रह गर्दछ ।

    भर्खरै नेपालको संसदले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा लिम्पियाधुरासम्म नै नेपालको भूभाग भएको नक्सा प्रचलनमा ल्याउने निर्णय गरेको छ । सरकारले उक्त नक्सालाई सार्वजनिक गर्दै सरकारी काम–कारबाहीमा प्रयोगमा ल्याउन आवश्यक प्रकृया पनि अगाडि बढाएको छ । सरकारको उक्त कदमको हाम्रो सङ्गठन स्वागत गर्दछ । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको नेपालको जमिन फिर्ता गर्न परिपक्व तरिकाले कूटनैतिक पहलकदमी अगाडि बढाउन सरकारसित आग्रह गर्दछ । सरकारलाई यो विवाद छिटो टुङ्ग्याउन दबाब र आवश्यक सहयोग प्रदान गर्न जरुरी छ । त्यसका निम्ति पनि हामी सबै देशभक्त नेपालीसित अनुरोध गर्दछौँ ।

    सरकारले संसदबाट एमसिसी पारित गर्न गरेको प्रयत्नप्रति हाम्रो सङ्गठन तीव्र विरोध प्रकट गर्दछ । एमसिसी पारित भएमा यसले नेपालको सार्वभौमसत्तालाई कमजोर बनाउँदै लैजाने छ । एमसिसीलाई अस्वीकार गर्न हाम्रो सङ्गठनले सरकार, सांसद, राजनीतिक दल र सम्पूर्ण जनतासित हार्दिक अनुरोध गर्दछ ।”

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    ‘१२ मई’ नाटकले निरङ्कुशता पराजित हुने सन्देश दिएको मसालको निष्कर्ष
    विशेष सम्पादकीय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.