पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीद्वारा आयोजित सङ्घीयताको विरोधी हस्ताक्षर अभियान सुचारु रहेको छ ।
२०८१ माघ २० गते आइतबार हेम्जा मिलनचोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
हस्ताक्षर अभियानसँगै सञ्चालन भएको कोणसभामा अभियानको नेता राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिको अध्यक्ष शङ्कर बरालले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य राख्दै उहाँले सङ्घीयताको बोझ जति सकियो, छिटो हटाउन सके नेपाली राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता यथावत रहने बताउनुभएको थियो ।
कार्यक्रममा राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगर, राजमो नेता तमबहादुर रोकाले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल (छैठौं) कास्कीका अध्यक्ष सोमनाथ अधिकारी, अखिल नेपाल महिला सङ्घकी रिता घर्तिमिरेलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
