ओखलढुङ्गा बजार । राष्ट्रिय जनमोर्चाले आगलागीपीडित राजमो ओखलढुङ्गाका अध्यक्ष शेरबहादुर खत्रीलाई २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
राजमो केन्द्रीय प्रतिनिधि हरिकान्त शर्माले २०८१ माघ १० गते बिहीबार सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीमा पुगी सहयोग राशि हस्तान्तरण गर्नुभएको हो ।
सहयोग राशि आगलागीपीडित खत्रीको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

सो समयमा खत्रीकी पत्नी कुन्तादेवी खत्री, राजमो ओखलढुङ्गाका सचिवसमेत रहनुभएका छोरी शारदा खत्री, जिल्ला सदस्यसमेत रहनुभएका छोरा युवराज खत्री र जिल्ला समितिका कोषाध्यक्ष सन्जुमाया राईको समेत उपस्थिति रहेको थियो ।
सहयोग राशि हस्तान्तरणअघि केन्द्रीय प्रतिनिधि पौडेलले राजमो केन्द्र्रीय कार्यालयद्वारा जारी प्रेसवक्तव्य वाचन गर्नुभएको थियो ।
त्यस क्रममा सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले राजमो सधैँ पीडित जनताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले आगलागीपीडित खत्रीलाई थप राहत उपलब्ध गराउन पहल गर्ने आश्वासनसमेत दिनुभयो ।
अध्यक्ष खत्रीको घरमा आगलागीप्रति राजमोद्वारा सहानुभूति
राजमो ओखलढुङ्गाका अध्यक्ष खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति