दाङ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन, कतार नेपाली एकता समाजका महासचिव मीनराज पुन र अखिल नेपाल जनजाति सम्मेलन दाङका उपाध्यक्ष जितबहादुर पुन तथा गिरिराज पुनका बुबा राष्ट्रिय जनमोर्चाका साधारण सदस्य नरबहादुर पुनको दाहसंस्कार गरिएको छ ।
२०८१ माघ ८ गते दाङको घोराही–८ बबईघाटमा दाहसंस्कार गरिएको हो ।
स्मृतिशेष पुनको पार्थिक शरीरमाथि राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको झन्डा ओढाउनुभएको थियो ।
झन्डा ओढाएर एक मिनट मौनधारणपछि आचार्यले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियोे भने ।
कार्यक्रमको सञ्चालन जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले गर्नुभएको थियोे ।
घरमै बसिरहेका बेला एक्कासि ब्लडप्रेसरले हानेपछि उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै भेरी अस्पताल नेपालगन्जमा उपचार गराउँदै गर्दा निधन भएको थियोे ।