काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गाका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी भएकोप्रति केन्द्रीय कार्यालयले सहानुभुति व्यक्त गरेको छ ।
केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले २०८१ माघ ८ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै सहानुभूति तथा राहत उपलब्ध गराउन सरकार र विभिन्न सङ्घसंस्थासित अपिल गरिएको हो ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“राष्ट्रिय जनमोर्चा ओलखढुङ्गाका अध्यक्ष शेरबहादुर खत्रीको २०८१ पुस २९ गते घरमा आगलागी भई करोडौँको क्षति भएको छ । त्यसरी भएको क्षतिका लागि हामीले का. शेरबहादुर खत्रीलगायत सपरिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्न चाहन्छौँ । उक्त क्षतिमा तुरुन्त राहत उपलब्ध गराउनका लागि हामीले सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ र यस प्रकारको गम्भीर स्थितिमा सरसहयोग गर्नुहुन हामीले विभिन्न सङ्घसंस्थाहरूसित पनि अपिल गर्दछौँ ।”