काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन पितृशोकमा पर्नुभएको छ ।
ब्लडप्रेसरका कारण उहाँका बुबा नरबहादुर पुनको २०८१ माघ ६ गते आइतबार निधन भएपछि उहाँलगायत उहाँको परिवार शोकमा परेको हो ।
प्रेसरको उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत रहिरहेका बेला ६५ वर्षीय पुनको असामयिक निधन भएको थियो ।
मृतक पुनको शव बाँकेबाट निवासस्थान दाङको घोराही–८ मा ल्याइसकिएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यका अनुसार महासचिव लुमाकान्त पुन कतारबाट फर्केपछि मृतकको दाहसंस्कार भोलि माघ ८ गते बबई नदीघाटमा गरिने भएको छ ।
२०१६ सालमा जन्मनुभएका मृतक पुनको परिवारमा चार भाइ छोरा र तीन बहिनी छोरीहरू रहनुभएको छ ।
जेठो छोरा जितबहादुर पुन अखिल नेपाल जनजाति सम्मेलन दाङको उपाध्यक्ष हुनुहुन्छ भने कान्छो छोरा मीनराज पुन कतार नेपाली एकता समाजको महासचिव हुनुहुन्छ ।
अन्तर्राष्ट्रियद्वारा श्रद्धाञ्जली
यसैबिच, अन्तर्राष्ट्रिय नेपाली एकता समाजले मृतक पुनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदनना व्यक्त गरेको छ ।
समाजका अध्यक्ष शक्तमान बुढाथोकीले माघ ७ गते शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्नुभएको हो ।