• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवादको प्रभुत्व बढ्दै जाँदा राष्ट्रियतामाथि गम्भीर चुनौती थपियो : शर्मा


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले पछिल्लो समयमा साम्राज्यवादको प्रभुत्व बढ्दै जाँदा नेपाली राष्ट्रियतामाथि गम्भीर चुनौती थपिएको धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा बागमती प्रदेश समितिद्वारा २०८१ माघ ५ गते शनिबार आयोजित प्रशिक्षणात्मक भेलामा मन्तव्य राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    ‘सत्तारूढ दलहरूमा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको प्रभुत्व बढ्दै गएको छ । सोही क्रममा एमसिसी नेपालमा पारित गराइएको हो’ उहाँले भन्नुभयो– ‘यसले गर्दा नेपाली राष्ट्रियतामाथि गम्भीर चुनौती थपिएको छ ।’

    नेता शर्माले पुराना पार्टीबाट आफ्नो स्वार्थ पूरा नभएर नयाँ शक्तिसमेत निर्माण गर्दा राष्ट्रियतामाथिको चुनौती झनै बढेको उहाँको धारणा थियो ।

    ‘सत्तारूढ काङग्रेस, एमालेलगायतले अमेरिका र भारतको हितसाधन गरेकै छन् तर त्यतिले मात्र पुगेन’ उहाँले भन्नुभयो–’अमेरिकी साम्राज्यवाद नेपालमा चीनप्रति तटस्थ नीति त्यागेर पूरै अमेरिकी पिछलग्गु भूमिका खेल्न सक्ने पार्टी खोजिरहेको छ ।’

    उहाँले सोही क्रममा रास्वपाजस्तो पार्टी निर्माण गरिएको बताउनुभयो ।

    अमेरिकी साम्राज्यवादले आफ्नो नयाँ कठपुतली पार्टी रास्वपालाई शक्तिशाली बनाउन धर्मको समेत दुरुपयोग गरेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘पादरीहरूले २०७९ सालको चुनावमा देशभरि रहेका १३ लाख क्रिस्चियन धर्मावलम्बीलाई घण्टीमा भोट हाल्न अनुरोध गर्नु अमेरिकी साम्राज्यवादको इसारामा नै भएको थियो ।’

    उहाँले सङ्घीयता पनि साम्राज्यवादकै स्वार्थमा नेपालमा लादिएको बताउनुभयो ।

    नेपालमा सङ्घीयताले कुनै फाइदा नगरेको बताउँदै उहाँले त्यसबाट नेपाली राष्ट्रियतामाथि नयाँ चुनौती थपिएको मात्रै होइन, आम जनतामाथि करआतङ्क कायम गरिएको बताउनुभयो ।

    नेपाल इतिहासदेखि नै अखण्ड रहेको बताउँदै उहाँले भन्नुभयो– ‘हाम्रोजस्तो प्राचीनकालदेखि नै एकताबद्ध भएर बसेको देशमा सङ्घीयता लागु गर्नु भनेको देशलाई टुक्राटुत्रामा बाँड्नु हो । यो नेपाली राष्ट्रियतामाथिको गम्भीर चुनौती हो ।’

    प्रशिक्षणको क्रममा उहाँले नेकपा (मसाल) सङ्घीयताको सन्दर्भमा पहिलेदेखि नै स्पष्ट रहेको जिकिर गर्नुभयो । त्यस सन्दर्भमा उहाँले रिममा श्रीलङ्काको प्रसङ्गमा उठाउनुभयो ।

    ‘तत्कालीन रिमको एसिया कमिटीको बैठकमा श्रीलङ्काका सिंहाली र तमिल समस्या समाधान गर्न सङ्घीयता लागु गर्ने प्रस्ताव गरिएको थियो’ उहाँले भन्नुभयो– ‘तर हाम्रो पार्टीले त्यतिखेर नै श्रीलङ्काजस्तो देशमा सङ्घीयता उपयुक्त नहुने धारणा राखेको थियो ।’

    उहाँले हालका माओवादीहरूले रिमप्रति पिछलग्गु नीति अपनाउँदै श्रीलङ्काको सन्दर्भमा सङ्घीयताको पक्ष लिएको बताउनुभयो ।

    उहाँले २०६३ सालदेखि मसाल र राजमोले चलाएको आन्दोलनले आंशिक उपलब्धि प्राप्त भएको दाबी गर्नुभयो ।

    ‘हामीले २०६३ सालदेखि नै नेपालको सन्दर्भमा सङ्घीयताको विरोध गर्दै आएका छौँ । त्यसको केही उपलब्धि पनि प्राप्त भएको छ’ उहाँले भन्नुभयो– ‘सङ्घीयता विरोधी हाम्रो आवाज र आन्दोलनकै कारण जातीय सङ्घीयता लागु हुन पाएन, एक मधेस एक प्रदेशको योजना पूरा हुन सकेन ।’

    उहाँले आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनले पनि सङ्घीयतालाई धक्का दिन सक्ने आशा व्यक्त गर्नुभयो ।

    नेता शर्माले सो आन्दोलनलाई सोही गम्भीरताका लागि अगाडि बढाउन आजैदेखि तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.