काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्टलाई पितृशोक परेको छ ।
Advertisement
बुबा नैने विष्टको २०८१ माघ ५ गते शनिबार बिहान १० बजे निधन भएसँगै उहाँ शोकमा पर्नुभएको हो ।
८१ वर्षीय विष्ट दम र प्रोस्टेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
पटकपटक उपचार गराउने क्रममा आजै बिहान उहाँलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराएर आफ्नै निवासस्थान रोल्पा, सुनिलस्मृति गाउँपालिका–३ मिझिङ ल्याइएको थियो ।
स्मृतिशेष विष्टका मेघनाथसहित पाँच छोरा र तीन छोरीहरू रहेका छन् ।
मेघनाथ विष्टका अनुसार उहाँको आजै लुङ्ग्रीखोला दोभानमा दाहसंस्कार गरिने भएको छ ।