महेश रिजाल, भालुबाङ ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ को स्वर्गद्वारी टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
२०८१ माघ ३ गते सम्पन्न भेलाले हरिप्रसाद श्रेष्ठ अध्यक्ष रहनुभएको नौ सदस्यीय टोल समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा गिरबहादुर गिरी, सचिवमा राजु थापा, सहसचिवमा केशव आचार्य र कोषाध्यक्ष सिर्जना गिरी रहनुभएको छ ।
समितिको सदस्यमा दुर्गा रोका, पुनाराम भुसाल, कुमारी जिसी र कुवारी परियार तथा सल्लाहकारमा विनोदकुमार शर्मा न्यौपाने, दुर्गा भुसाल र बसन्त जिसी चयन हुनुभएको छ ।
ज्येष्ठ सदस्य गिरबहादुर गिरीको अध्यक्षतामा सम्पन्न भेलालाई राजमो राप्ती गाउँपालिका समिति कावा अध्यक्ष बाबुराम थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङका उपाध्यक्ष विष्णु आचार्य, राजमो राप्तीका सदस्य हरिप्रसाद श्रेष्ठ, अखिल नेपाल युवक सङ्घ राप्तीका अध्यक्ष हिमाल एमसीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलामा वामपन्थी नेता तथा ज्येष्ठ सदस्य विनोदकुमार न्यौपाने (शर्मा), बसन्त जिसीलगायतको उपस्थिति रहेको थियो ।
सहिदप्रति एक मिनेट मौनधारणसँगै सुरु भएको भेलाको सञ्चालन युवक सङ्घका केन्द्रीय सदस्य राजमोका सदस्य चन्द्रप्रसाद आचार्यले गर्नुभएको थियो ।
भेलाले आगामी चैत २४–३० गतेसम्म काठमाडौँकेन्द्रित सङ्घीयता विरोधी आन्दोलनका व्यापक सहभागी गराउने निर्णय गरेको छ ।