• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बागलुङमा जलचर जोगाउन समुदायकै सहभागिता


  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
  • बलेवा (बागलुङ) । काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।

    Advertisement

    गाउँपालिकाले १६औँ गाउँसभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो । अवैधानिक रूपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानुन बनाएको हो । ऐन बनेसँगै गाउँपालिकाभित्रका खोलानालाका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

    उक्त नीतिअनुसार विपन्न र बेरोजगार तथा परम्परागत रूपमा पेसा अँगालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिइनेछ । माछा, गङ्गटालगायत जलचरको प्रजननका समय र सङ्कटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ । ‘कानुनको कसी र कारबाहीले मात्र संरक्षण सम्भव छैन, त्यसैले हामीले खोला छेउका बस्तीको सकृयता र सहभागिता हुनेगरी समूहमार्फत संरक्षणको नीति ल्याएका छौँ’, उपाध्यक्ष थापाले भन्नुभयो, ‘किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउन पनि उनीहरूकै सहभागिता आवश्य छ ।’

    गाउँसभाले काठेखोला गाउँपालिकाका कर्मचारीको व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । कर्मचारीको व्यवस्थापन, वृत्तिविकासमा सहयोग पुर्याउन र काम गर्ने मनोबल विकास गर्नेगरी ऐन बनेको हो । गाउँसभाले विद्यालय व्यवस्थापक कार्यक्रम कार्यविधि पनि पारित गरेको छ ।

    विविध क्षेत्रका १२ जनालाई सम्मान
    गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई काठेखोला गाउँपालिकाले १६औँ गाउँसभामा सम्मान गरेको छ ।

    गाउँपालिकाको गरिमा बढ्नेगरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चारलगायत क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

    गाउँपालिकाले एसइई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यमिक विद्यालय र राष्ट्रपति रनिङ शिल्ड जितेको अमर माविलाई सम्मान गरेको छ । साना उद्योगमार्फत रोजगारी सृजना गरेको भन्दै फर्निचर व्यवसायी पूर्णबहादुर थापा सम्मानित हुनुभएको छ । कृषितर्फ अलैँची उत्पादक किसान भीमबहादुर जोल्मी, फलफूल उत्पादक किसान गोरी थापा, पशुपालक किसान लालबहादुर घर्ती, सुन्तला उत्पादक किसान लोकनाथ कँडेल, रैथाने बाली उत्पादक किसान लीलाधर कँडेल र चिया उत्पादक किसान यामबहादुर कार्कीलाई सम्मान गरिएको छ ।

    त्यस्तै उद्योगतर्फ पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा र सञ्चारतर्फ गुहेली सञ्चार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीलाई सम्मान गरिएको छ । कार्की अध्यक्ष रहेको सहकारीले काठेखोला नै कार्यक्षेत्र बनाएर जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छभने पत्रिकाले गाउँपालिकाका गतिविधि नियमित प्रकाश गर्दै आएको छ

    बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.