प्रकाश छन्त्याल, बरेङ (बागलुङ) ।
Advertisement
जिल्ला समन्वय समिति बागलुङका पूर्वप्रमुख राजेन्द्र ढुङ्गानाकी आमा पार्वती ढुङ्गानाको निधन भएकोमा बरेङ गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले २०८१ माघ १ गते शोकवक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।
ढुङ्गानाकी आमा पार्वतीको फोक्सोसम्बन्धी स्वास्थ्य समस्याका कारण हिँजो पुस २९ गते साँझ भरतपुर अस्पतालमा निधन भएको थियो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहनुनभएका ढुङ्गाना बागलुङको बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट लुरुङ निवासी हुनुहुन्छ । उहाँ हाल बसाइँसराइ गरेर चितवन झर्नुभएको छ ।
