दिनेश रैदास, लमही ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित हुनु भएको छ ।
शनिबार लमहीमा सम्पन्न भएको निर्वाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल १ सय १९ को मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी विनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी जनपक्षीय संयुक्त प्यानलका श्यामलाल खनालले ६ सय ९५ र स्वतन्त्रबाट बुद्धिमान चौधरीले ४ सय ८ मत प्राप्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि कार्य समितिको सचिव हुनुहुन्थ्यो ।
कार्य समितिको उपाध्यक्षमा शिवा चौधरीले ९ सय १२ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्दीहरू जनपक्षीय संयुक्त प्यानलका हुमा कुमारी पाण्डे (सपना)ले ७ सय ९५ र प्रगतीशील प्यालनका लक्ष्मी खड्काले ७ सय ८५ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी सचिवमा लोकतान्त्रिक प्यानलका बसन्त आचार्यले ८ सय ३६ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दीहरू प्रगतिशील प्यानलका सुधिर कुमार रेग्मीले ७ सय ७४, जनपक्षीय प्यानलका ऋषिराज रावत क्षेत्रीले ६ सय ८४ र स्वतन्त्रका शशिराम नेपालीले ३ सय १ मत प्राप्त गर्नुभयो ।
यस्तै कोषाध्यक्षमा जनपक्षीय प्यानलबाट श्यामलाल भण्डारीले ८ सय १७ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दीहरू संयुक्त लोकतान्त्रिक प्यानलका हल्लु प्रसाद चौधरीले ७ सय ९५, संयुक्त प्रगतिशील प्यानलका दिनेश आचार्यले ७ सय ९३ र स्वतन्त्रबाट ज्योती कुमार चौधरीले एकसय मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सदस्यहरुमा संयुक्त लोकतान्त्रिक प्यालनबाट गोपाल प्रसाद खनालले ८ सय ८०, संयुक्त प्रगतिशील प्यानलका कमल नारायण चौधरीले ९ सय ३२ र संयुक्त प्रगतिशील प्यानलबाट दिनमणी खनालले ८ सय ५४ मत प्राप्त गरि विजयी हुनु भएको हो ।
उहाँहरुका प्रतिस्पर्धीहरु संयुक्त लोकतान्त्रिक प्यानलबाट छन्द सिंह बस्नेतले ७ सय ८२, देविराम भण्डारीले ८ सय ३३, संयुक्त प्रगतिशील प्यानलबाट विद्यादेवि थापाले ८ सय ११, जनपक्षीय संयुक्त प्यानलबाट सुरेश कुमार गुप्ताले ८ सय ५३, सोही प्यानलका सुनिल चौधरीले ६ सय ७० र मदन सिंह वलीले ६ सय ९ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी महिला सदस्यहरुमा संयुक्त लोकतान्त्रिक प्यानलबाट बबिता खत्रीले ९ सय १० र संयुक्त प्रगतिशील प्यानलबाट कौशिला काफ्लेले ८ सय ७७ मत प्राप्त गरि विजयी हुनुभएको छ । महिला सदस्यका प्रतिस्पर्धीहरु संयुक्त लोकतान्त्रिक प्यानलको चिन्तादेवी चौधरीले ८ सय ३०, संयुक्त प्रगतिशील प्यानलको सितादेवी शाहीले ८ सय ५७, जनपक्षीय संयुक्त प्यानलका अमृता चौधरीले ६ सय ६९ र सोही प्यानलको भागवती चौधरीले ६ सय ५७ मत प्राप्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष सनम कुमार पौडेलले जुनसुकै प्यानलबाट निर्वाचित भएर आए पनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा आफू रहेको बताउनुभयो ।