काठमाडौं । काठमाडौंको धोबीखोलामा कार खसेको छ ।
Advertisement
अनामनगरबाट बानेश्वर जाँदै गरेको बीएए ८७१४ नम्बरको कार आज (आइतबार) बिहान सवा ६ बजेतिर धोबीखोलामा खसेको प्रहरीले जनाएको छ ।
कार खोलामा खसे पनि चालक ललितपुर महानगरपालिका–१ का ४६ वर्षीय विनितविक्रम सिजापति भने सकुशल रहेको प्रहरीले जनाएको छ।