जगतप्रसाद रेग्मी, काठमाडौँ ।
Advertisement
काठमाडौँको तारकेश्वरमा राष्ट्रिय जनमोर्चाको नगर भेला सम्पन्न भएको छ ।
२०८१ पुस १३ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
भेलाले बेगमबहादुर खड्का अध्यक्ष रहनुभएको ११ सदस्यीय राजमोको नगर समिति निर्माण गरेको छ ।
समितिको सचिवमा मुक्तबहादुर केसी, कोषाध्यक्षमा बिस्ना रेग्मी तथा सदस्य पूर्णकला विक, यदुराज शाही, चिरनप्रसाद रेग्मी, जीवन खत्री सुवेदी, प्रकाश अधिकारी, दुर्गप्रसाद अधिकारी र सल्लाहकारमा भक्तबहादुर विक चयन हुनुभएको छ ।
समितिमा सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको अध्यक्ष खड्काले जानकारी दिनुभएको छ ।
भेलामा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
भेलाको सञ्चालन भक्त विकले र अध्यक्षता बेगमबहादुर खड्काले गर्नुभएको थियो ।