• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मसाल केन्द्रीय कार्यालयले मनायो एक सय बत्तिसौँ माओ जन्मजयन्ती


  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) केन्द्रीय कार्यालयले एक सय बत्तिसौँ माओ जन्मजयन्ती मनाएको छ ।

    Advertisement

    २०८१ पुस ११ गते तदनुसार डिसेम्बर २६, २०२४ का दिन राजधानीको हार्दिक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
    माओ विचारधाराको झन्डा उठाउने मसालले नै हो : पुरी

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले नेपालमा माओ विचारधाराको झन्डा उठाउने शक्ति मसाल नै भएको बताउनुभयो ।

    ‘नेपालमा माओत्सेतुङ विचारधारालाई आत्मसात गर्ने मसालले नै हो’ उहाँले भन्नुभयो– ‘त्यसैले माओ विचारधाराको झन्डा उठाउने मसालले नै हो ।’

    उहाँले माओ विचारधाराको सिद्धान्त संसारभरिका संशोधनवादीले अस्विकार गरे पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले त्यसलाई अगाडि बढाइरहेको दाबी गर्नुभयो ।

    उहाँले माओत्सेतुङ विचारधाराले लेनिनवादलाई अरू समृद्ध पारेको बताउनुभयो ।

    माओजयन्ती मनाउनु त्यसको व्यावहारिक कार्यान्वयन हो : शर्मा

    सोही कार्यक्रममा मन्तव्य राख्दै अर्का अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार वामपन्थी नेता आनन्द शर्माले माओजयन्ती मनाउनु भनेको माओका सिद्धान्तलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।

    चीन पनि जनवादी क्रान्तिको समयमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रमा रहेको स्मरण गर्दै उहाँले अगाडि भन्नुभयो– ‘अर्धसामन्ती तथा अर्धऔपनिवेशिक तेस्रो मुलुकका सर्वहारा क्रान्ति माओत्सेतुङ विचारधाराबिना हुन सक्दैन ।’

    पथप्रदर्शक सिद्धान्त माओवाद मान्नेहरूको आलोचना गर्दै उहाँले भन्नुभयो– ‘एकातिर माओका योगदानलाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने, अर्कातिर, माओका योगदानलाई अतिक्रमण गर्ने दुवै तरिका गलत हुन् ।’

    नेता शर्माले माओ विचारधाराबिना नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभयो ।
    माओले जनतालाई न्याय दिए : पुन

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले कार्यक्रममा मन्तव्य राख्दै माओत्सेतुङले चिनियाँ जनतालाई न्याय दिने काम गरेको बताउनुभयो ।

    उहाँले शोषितपीडित जनताको पक्षमा सर्वहारा क्रान्ति सम्पन्न गरेको पनि बताउनुभयो ।

    ‘चीनको अवस्था पनि नेपालको जस्तै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक थियो’ उहाँले भन्नुभयो– ‘यस्तो देशका जनतामाझ माओको भूमिका अतुलनीय र युगयुगसम्म स्मरणीय थियो ।’

    उहाँले सहकारीमार्फत चिनियाँ अर्थतन्त्रलाई समाजवादतर्फ अगाडि बढाएको प्रसङ्ग पनि जोड्नुभयो ।

    कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार गणेश अधिकारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू लालबहादुर थापा, रामकुमार क्षेत्री र सुधा शर्माको आतिथ्य रहेको थियो ।

    मसालका ३ नं. ब्युरो प्रवक्ता समीर सिंहको अध्यक्षता तथा मसालको काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मीको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।

       

    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.