लिबाङ । प्यालेस्टाइनी जनतामाथि इजरायली नरसंहारका विरुद्धको हस्ताक्षर अभियान रोल्पामा सुरु भएको छ ।
Advertisement
रोल्पामा क्रियाशील राजनीतिक दलहरू राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त आयोजनामा सो अभियान सुरु भएको हो ।

२०८१ पुस ९ गते मङ्गलबारबाट सुरु गरिएको उक्त अभियान पुस १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।
गत केही वर्षयता प्यालेस्टाइनमा इजरायलले विभिन्न बहानामा हमला गरी त्यहाँ रहेका निर्दोष बालबालिका, वृद्धवृद्धासहित त्यहाँका जनतामाथि निर्मम आक्रमण गरी नरसंहार गरेको हुँदा मानवअधिकारको उल्लङ्घन गरेको, त्यसो गर्नु जेनेभा सन्धिको उल्लङ्घन भएको, साथै उक्त कार्य संयुक्त राष्ट्र सङ्घको विधिविधान विपरीत भएको भन्दै हस्ताक्षर अभियान सुरु गरिएको आयोजकले जनाएका छन् ।
