काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति रमेश वाग्लेको अध्यक्षतामा चयन भएको छ।
Advertisement
सबै पदमा तोकिएको कोटा अनुसार मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन भएको हो।
प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ, महासचिवमा रामचन्द्र अर्याल (आरसी) निर्विरोध भएका छन्।
यस्तै खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटाको मात्रै उम्मेदवारी परेको हो।
सदस्यहरुमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा, राजेन्द्र पोखरेल, महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत सर्वसहमत भएका हुन्।
पत्रकार महासंघको महाधिवेशन आगामी मंसिर २८ गते देशभर हुँदैछ।