दिनेस रैदास (दाङ)
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरामा राजमोकोे टोल समिति गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा २०८१ मङ्सिर २४ गते सोमबारका दिन सो समिति गठन भएको हो ।
हामीले सङ्घीयता विरुद्ध सङ्गठनात्मक अभियान अन्तरगत आम रुपमा जनतालाई जागरुक र सचेत बनाउन चाहन्छौँ । राष्ट्रिय जनमोर्चा पार्टी नै देशमा के भइरहेको छ भनेर सत्य तथ्य गाँउगाउँ र जनताको घरआँगन पुगेर सचेत गराउने पार्टी भएकोे आचार्यकाे भनाई थियो।
उहाँले, सङ्घीयतालाई खारेज गरेपछि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका साथै देशको विकासमासमेत मदत पुग्ने बताउँनुभयो ।
त्यस्तै उहाँले सङ्घीयता विरुद्धकोे राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्नका लागि सहयोग र समर्थन गर्न पार्टीले सम्पूर्ण नेपाली जनतासित आह्रवान गरेकोसमेत बताउँनु भयो ।
सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन सफल पारौँ, अन्तरगत मनिराम पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ ।
जसकोे उपाध्यक्षमा लूमा कालाथोकी, सचिव शोभा पोख्रेल, सहसचिव प्रकृति पोख्रेल र कोषाध्यक्षमा नमा विक चयन हुनुभएको छ।
त्यसैगरी सदस्यमा झविलाल कालाथोकि , हरि खड्का, रुमा पोख्रेल, गीता पोख्रेल, सीता पोख्रेल, कुन्ता खड्का, पिमा कोइराला, पार्वता गोराथोकी, लक्ष्मी पाण्डेय, मञ्जु पुन, हीरा पुन र एकी आग्रि रहनुभएको छ।
कार्यक्रममा सङ्घीयता विरुद्ध सङ्गठनात्मक अभियान अन्तरगत घोराही १७ पानौरामा भएको कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष हरि खरेल, जिल्ला सहसचिव कृष्णा राना र जिल्ला सदस्य चन्द्रबहादुर रावतले मन्तव्य राख्नुभएको थियो।
समितिलाई जेष्ठ सदस्य बुद्धबहादुर खड्काले बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रम मनिराम पोखरेलले अध्यक्षता, राजमो जिल्ला सदस्य मेघराज भट्टराईले स्वागत र झविलाल कालाथोकीले सञ्चालन गर्नुभएको थियो ।
