बर्दीया । राष्ट्रिय जनमोर्चा बर्दिया जिल्ला समिति कोषाअध्यक्ष यामप्रसाद सुवेदीको सुपुत्र बिबेक सुवेदीको शोकसभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका पूर्व सांसाद हरि आचार्यको उपस्थितिमा २०८१ मङ्सिर २२ गते उहाँकै निवास तारालालमा सो शोकसभा सम्पन्न भएको हो ।
सुवेदीको २०८१ मङ्सिर ७ गते अमेरिकामा कार दुर्घटनामा निधन भएको राष्ट्रिय जनमोर्चा बर्दियाले जनाएको छ ।
उक्त शोकसभामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुल्सी सापकोटा र युवराज ढकाललगायतले शोकमन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा बर्दियाका अध्यक्ष नुमलाल रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पहलमा अमेरिकामा रहेका नेपालीबाट सहयोग एक लाख अठहत्तर हजार दुईसय पचहत्तर रुपैयाँ सङ्कलन गरिएकाे रकम प्रदान गरिएको थियो