काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा आउनेक्रम जारी छ । २०८१ मङ्सिर १६ गते आइतबार सम्पन्न उपनिर्वाचन साँझदेखि नै सार्वजनिक भइरहेको हो ।
दैलेख महाबुमा एमाले
दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का जङ्गबहादुर शाहीले ३,१२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका झलकबहादुर भण्डारीले २,६७५ मत प्राप्त गर्नुभएको थियो ।
सुनसरी गढी–६ मा काङ्ग्रेस
सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार तेतर साहले ८१६ मत गरेर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले ७७० मत प्राप्त गर्नुभएको थियो ।
बझाङको सुर्मा–४ मा काङ्ग्रेस
बझाङ सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले ६५७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धि नेकपा (एमाले) का उम्मेदवार लखिचन्द्र बोहराले ४८७ मत प्राप्त गर्नुभएको थियो ।
रौटहतको गढीमाई–८ मा एस र ईशनाथ–७ मा काङ्ग्रेस
रौतहटको गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादीका) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले छ सय ५५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का जिउतीदेवी यादवले ६३१ मत ल्याउनुभएको थियो ।
ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले ६२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी एमालेका उम्मेदवार शेख अनवरले ५७५ मत प्राप्त गर्नुभएको थियो ।
उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्र
उदयपुरको त्रियुगा नगरपालिका–१२ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नवीनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । उहाँले ९२३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मीनारायण चौधरीले ६)८ मत पाउनुभयो ।
सप्तरीको डाक्नेश्वरी–१ मा जसपा
सप्तरीको डाक्नेश्वरी–१ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका धीरेन्द्रकुमार साह विजयी हुनुभएको छ । साहले ६५२ मत प्राप्त गर्नुभयो । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका भुलियादेवी थरुनीले ५८७ मत प्राप्त गर्नुभयो ।
कपिलवस्तुको शुद्धोधन–६ मा एमाले
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ को अध्यक्षमा नेकपा (एमाले) का मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । उहाँले १,१५० मत तथा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका दिनेशकुमार यादवले १,०७६ मत प्राप्त गर्नुभयो ।
मकवानपुरको हेटौँडा–१२ मा काङ्ग्रेस
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ को अध्यक्षमा नेपाली काङ्ग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । तिवारीले २,०६३ मत प्राप्त गर्दै विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का रविकुमार प्रधानले १,५६० मत प्राप्त गर्नुभयो ।
कञ्चनपुरको भीमदत्त–६ मा काङ्ग्रेस
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली काङ्ग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । उहाँले १,१०७ मत प्राप्त गर्दा चन्दका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बहादुर चन्दले ४८७ मत प्राप्त गर्नुभयो ।
नुवाकोटको ककनी–२ मा माओवादी केन्द्र
नुवाकोटको ककनी–२ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।
तेह्रथुमको लालिगुँरास–८ मा काङ्ग्रेस
तेह्रथुमको लालिगुँरास–८ को अध्यक्षमा नेपाली काङ्ग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । उहाँले ४४० मत प्राप्त गर्नुभयो । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बुद्धबहादुर लिम्बुले ३६० मत प्राप्त गर्नुभयो ।
धनुषाको धनुषाधाम–१ मा माओवादी केन्द्र
धनुषाको धनुषाधाम–१ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुनिल कापर केवट निर्वाचित हुनुभएको छ । केवटले ६८४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गर्नुभयो ।
बाजुराको स्वामीकार्तिकमा एमाले
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले १,७४० मत प्राप्त गरी विजयी हुनुभयो भने निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी पुल्तिसरा शाहीले १,४७४ मत प्राप्त गर्नुभयो ।
बर्दियाको ठाकुरबाबा–४ मा काङ्ग्रेस
बर्दियाको ठाकुरबाबा–४ को अध्यक्षमा नेपाली काङ्ग्रेसका अमिन थारू निर्वाचित हुनुभएको छ । उहाँले १,०४३ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शेरबहादुर थारूले ६७८ मत प्राप्त गर्नुभयो ।
सप्तरीको डाक्नेश्वरी–४ मा जसपा
सप्तरीको डाक्नेश्वरी–४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले ३७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जोगिन्द्र राय अमातले २७७ मत प्राप्त गर्नुभयो ।
रौतहटको राजपुर–६ मा काङ्ग्रेस
रौतहटको राजपुर–६ को अध्यक्षमा नेपाली काङ्ग्रेसका समसे आलम विजयी हुनुभएको छ । आलमले ७४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का जिकरुलाहले चार सय ६३ मत प्राप्त गर्नुभयो ।
गुल्मीको मुसिकोट–१ मा काङ्ग्रेस
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाअध्यक्षमा नेपाली काङ्ग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १,१८४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले ९३० मत प्राप्त गर्नुभयो ।
ताप्लेजुङको सिरिजङ्घा–३ एमाले
ताप्लेजुङको सिरिजङ्गा–३ को वडाअध्यक्षमा नेकपा (एमाले) का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । उहाँले ३५३ मत प्राप्त गर्नुभयो भने निकटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का अम्वी सावादेनले २५१ मत प्राप्त गर्नुभयो । (रासस)